बझाड. ।
उद्योग र रोजगार सम्वृद्धिको आधार’ भन्ने मूल नाराका साथ घरेलु तथा साना उद्योग कार्यालय चैनपुरले मंगलबार विभिन्न कार्यक्रम गरी छैटौँ उद्योग दिवस मनाएको छ । उद्योग दिवसका अवसरमा बोल्दै कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख रामलाल जोशीले कृषि र उद्योग एकअर्काको पाटो भएकाले स–साना उद्योगलाई प्राथमिकता दिई युवाहरूलाई आत्मर्निभरता बनाउन उद्योग सञ्चालनतर्फ आकर्षित गर्नुपर्ने बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले जिल्लामा साना उद्योगदेखि लिएर ठूला हाइड्रोपावरको सम्भावना भएको पश्चिम सेती र जिल्ला बहुमुल्य जडीबुटीदेखि भेडा, बाख्रापालनबाट स्थानीयस्तरमा रोजगारको सम्भावना रहेको बताए । उनले जिल्लामा सना तथा ठूला उद्योगहरू सञ्चालनको सम्भावनालाई खोजी गर्दै सरकार अघि बढिरहेकोले यसमा सरकार मात्र नभई निजी लगानीकर्तालाई पनि सँगसँगै लैजानुपर्नेमा जोड दिए ।
घरेलु तथा साना उद्योग बझाङले लघुउद्यमदेखि ठुला–ठुला उद्योगको सम्भाव्यता अध्ययन गरी काम अगाडि बढाउने र स्थानीय सरकारसँग समन्वय गरेर उत्पादनमा समेत जोड दिइरहेकोले महिला तथा युवाहरूलाई सीपमूलक तालिमहरू दिएर आत्मनिर्भर गराउने खालका कामहरू भइरहेको घरेलु तथा साना उधोग बझाङका निमित्त कार्यालय प्रमुख दशरत जप्रेलले बताए । साथै उद्योग दिवसको अवसरमा उद्यमीलाई सम्मान गर्नुका साथै सदरमुकाम चैनपुरमा प्रभातफेरि कार्यक्रम समेत गरेको थियो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया