बाँकेमा कोरोनाकालको चार महिनामा झण्डै आठ सय उद्योग दर्ता
जिएम यादव
बाँके ।
बाँकेमा चार महिनामै आठ सयभन्दा बढी घरेलु उद्योग दर्ता भएको छ । कोभिडका कारण व्यावसायिक क्षेत्र अप्ठ्यारोमा परेको तथ्यांक तथा समाचारहरू आइरहँदा घरेलु तथा साना उद्योगका क्षेत्रमा भने उत्साहित रूपमा उद्योग दर्ता तथा नवीकरण भैरहेको तथ्यांकले देखाएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय बाँकेका प्रमुख उद्योग अधिकृत जयराम चौधरीले चालू आव ०७७/०७८ को पहिलो चौमासिकमा सात सय ७२ वटा उद्योग दर्ता भएको जानकारी दिएका छन् । ‘वर्तमान असहज परिस्थितिमा पनि घरेलु तथा साना उद्योग स्थानापना हुनुुले व्यावसायिक क्षेत्रमा उत्साह रहेको देखाउँछ’, प्रमुख उद्योग अधिकृत चौधरीले भने । प्रदेश सरकारले गत भदौमा निर्णय गरी घरेलु तथा साना उद्योगको दर्ता निःशुल्क गरेकाले पनि दर्तामा सहभागी हुने व्यवसायीको संख्या बढ्दै गएको हो ।
‘प्रदेश तथा स्थानीय सरकारले घरेलु तथा साना उद्योगलाई प्रोत्साहन गर्ने नीति लिएकाले पनि घरेलु उद्योगको संख्या बढ्दै गएको हो’, उनले भने । अनुदानसम्बन्धी व्यवस्थाले पनि घरेलु तथा साना उद्योगमा आकर्षण बढेको हो । चालू आवको प्रथम चौमासिकमा एक सय आठ सय वटा उत्पादनमूलक, कृषि तथा वन्यजन्य चार सय ६४, पर्यटनजन्य ५२, सेवामूलक एक सय ४८ वटा घरेलु तथा साना उद्योग दर्ता भएका हुन् । चालू आवमा चार सय ६२ वटा उद्योगले नवीकरण पनि गराएका छन् । नवीकरण भएका चार सय ५९ उद्योगको सञ्चालक महिला र तीन सय ४३ सञ्चालक महिला रहेका छन् ।
यसैबीच, मंगलबार घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा छैटौँ उद्योग दिवस भव्यताका साथ मनाइएको छ । नेपालगञ्ज उपमहानगरपालिका तथा घरेलु तथा साना उद्योग महासंघले सहकार्य गरेको कार्यक्रम ‘उद्योग र रोजगार समृद्धिको आधार’ भन्ने मूल नाराका साथ आयोजना भएको थियो । कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख धवल समशेर राणाबाट तीन लाखबराबरको राहत सामग्री कोशेली घर नेपालगञ्जलाई प्रदान गरिएको थियो ।
उत्कृष्ट कृषि उद्योगीमा नेपाल कृषक समूह जयसपुरलाई १५ लाखबराबरको कृषि राहत सामग्री उपलब्ध गराउनुका साथै उत्कृष्ट कृषक प्रमाण–पत्र दिइएको थियो । कार्यक्रममा नगरप्रमुख राणाले व्यवसायीले उठाएका प्रश्नको जवाफ दिँदै नगरपालिकाका विभिन्न कार्यालयबाट सिफारिस लिँदा असहज परिस्थिति हुने कुरालाई आगामी दिनमा सहज गर्दै लैजाने बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया