Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधनेपालमा रहेका महिला सरकारी वकिलहरूको दुई दिवसीय राष्ट्रिय कार्यशाला सुरु

नेपालमा रहेका महिला सरकारी वकिलहरूको दुई दिवसीय राष्ट्रिय कार्यशाला सुरु


काठमाडौं ।
नेपालमा रहेका महिला सरकारी वकिलहरूको दुई दिवसीय राष्ट्रिय कार्यशाला  सुरु भएको छ । महान्यायाधिवक्ताको कार्यालयले चालू आर्थिक वर्षलाई अभियोजन सुधार वर्षका रुपमा घोषणा गरी आवधिक रुपमा विभिन्न क्रियाकलाप गरिरहेको सन्दर्भमा सोही क्रमलाई निरन्तरता बिहीबार दुई दिवसीय राष्ट्रिय कार्यशाला सुरु गरेको हो ।

उक्त सम्मेलनको भर्चुअल माध्यमबाट महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले उद्घाटन गरेका थिए । कार्यक्रममा महान्यायाधिवक्ता खरेलले भौतिक उपस्थितिमा नै सम्मेलनको आयोजना गर्ने गरी तयारी गरिएकोमा कोभिड १९ को महामारीका कारण अनलाइनमार्फत नै यस प्रकारको राष्ट्रिय कार्यशालाको आयोजना गर्न लागिएको जानकारी गराए ।

यस्तै उनले हाल नेपालमा एक जना सहन्यायाधिवक्ता, १२ जना उपन्यायाधिवक्ता समेत गरी ७२ जना महिला सरकारी वकिलहरू कार्यरत रहेकोमा जम्मा दुई जना मात्र महिला सरकारी वकिलहरू ललितपुर र जाजरकोटमा कार्यालय प्रमुखको जिम्मेवारीमा रहेको बताए । यस प्रकारको कार्यशालाले महिला सरकारी वकिलहरूको नेतृत्व क्षमता विकासमा ठूलो टेवा पुग्ने उनको भनाइ थियो । उद्घाटन समारोहमा नायब महान्यायाधिवक्ताहरू, सहन्यायाधिवक्ताहरूलगायत ८० जनाको उपस्थिति रहेको थियो ।

दुई दिनसम्म चल्ने उक्त राष्ट्रिय कार्यशालामा सुशासन तथा अभियोजनमा सरकारी वकिलहरूको भूमिका, नेतृत्व र उत्प्रेरणा एवम् सामाजिक भेदभावजन्य कसुरलगायतका विषयमा छलफल हुनेछ । उक्त राष्ट्रिय कार्यशालामा ७० जना महिला सरकारी वकिलहरूको सहभागिता रहेको छ । कार्यशाला शुक्रबार निष्कर्षहरू जारी गर्दै समापन हुने बताइएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया