Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधविपत् प्रतिकारमा नरैनापुरले छुट्यायो एक करोड

विपत् प्रतिकारमा नरैनापुरले छुट्यायो एक करोड


बाँके ।
बाँकेको अति पिछडिएको र दुर्गम गाउँकार्यपालिकाको रूपमा रहेको नरैनापुर गाउँपालिकाको विपत् व्यवस्थापन शाखाले पूर्वतयारीका लागि विभिन्न निर्णयहरू गरेको छ । विगतको अनुभवहरूबाट सिक्दै विपत् व्यवस्थापन शाखाले विपत्का बेला सक्षमरूपले सामना गर्न र क्षति न्यूनीकरणका लागि पूर्वतयारी थालेको हो ।

गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहको अध्यक्षतामा बसेको विपत् व्यवस्थापन समितिको बैठकले जुनसुकै विपत् वा महामारीमा अकालमै ज्यान गुमाउने मृतकका परिवारलाई २५ हजार सहयोग गर्ने निर्णय समेत गरेको छ । त्यस्तैगरी कोरोना कहरका बेला नागरिकलाई सुरक्षित राख्नका लागि स्थानीय विपत् व्यवस्थापन समितिले पूर्वतयारी प्रतिकार्य योजना निर्माण गरेर अगाडि बढ्ने विपत् व्यवस्थापन शाखा संयोजक लक्ष्मीकान्त मिश्राले बताए ।

समितिको बसेको पहिलो बैठकले पूर्वतयारी प्रतिकार्य योजना पुस्तिका निर्माण गर्ने, सामुदायिक वन उपभोक्ता समूहहरूबीच छलफल तथा अन्तरक्रिया गरी पहाडे खोलानाला नजिक वृक्षारोपण तथा डढेलो नियन्त्रणका लागि अग्निरेखा निर्माण गराउने, शीतलहरमा गाउँभित्र तथा चोकचोकमा दाउरा व्यवस्थापन गर्ने समेत निर्णय गरेको जनाएको छ ।

त्यसैगरी शीतलहरमा जेष्ठ नागरिक, एकल महिला, असहाय, अपाङ्गता भएकाहरूलाई न्यानो कम्बल वितरण गर्न योजना बनाउने, कोभिड १९ मा खटिएका कर्मचारीलाई सम्मान गर्ने, वडास्तरीय विपत् व्यवस्थापन समिति गठन, विपत् प्रतिकार पूर्वतयारीका सामग्री खरिद, विपत् प्रतिकारका लागि सचेतना कार्यक्रम सञ्चालन, विद्यालयहरूमा विपत्सम्बन्धी सचेतना तथा विपत्को शाखातर्फबाट स्वास्थ्य सामग्री खरिद गर्नेलगायत निर्णय गरिएको शाखाका संयोजक मिश्राले बताए । आकस्मिकरूपमा आइपर्ने विपत्को सामना गर्न गाउँपालिकाले एक करोड बजेट समेत छुट्ट्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया