वैदेशिक रोजगारीका नाममा मानव तस्करी बढ्दै
काठमाडौं ।
सरकारको कमजोर प्रस्तुति तथा सम्बन्धित निकायहरूसँग समन्वयको अभाव तथा देशभित्र रोजगारीका अवसर नहुँदा वैदेशिक रोजगारीका नाममा मानव तस्करीका घटना बढ्दै गएको सरोकारवालाहरूले बताएका छन् । वैदेशिक रोजगार पत्रकार समाजले हाम्रो सम्मान परियोजनासँगको सहकार्यमा बुधबार आयोजना गरेको ‘कोरोना महामारीको समयमा मानव तस्करीको अवस्था’ विषयक कार्यक्रममा बोल्दै सांसद डा. डिला संग्रौलाले नेपालमा रोजगारी नहुनु त्यसमाथि कोरोनाका कारण कतिपय गन्तव्य मुलुकहरूमा वैधानिक बाटोबाट जान सहज नहुनुलगायत कारण युवाहरू जस्तोसुकै जोखिम मोलेर पनि वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता बढेसँगै मानव तस्करीका घटना बढ्दै गएको बताइन् ।
‘मानव तस्करीका घटना बढ्दै जानुमा दुईवटा पक्ष दोषीजस्तो लाग्छ । एउटा देशमा रोजगार दिन नसक्नु । अर्को गन्तव्य मुलुकमा सहजरूपमा कामदार जाने वातावरण नहुनु । यस्ता समस्याको पाटोमा काम गर्ने हाम्रो संयन्त्र पनि कमजोर छ,’ उनले भनिन् । मानव तस्करीका घटना कम गर्न देशमा रोजगारीका अवसर बढाउनुपर्ने, विदेशबाट फर्किएका युवाहरूलाई देशमै पुनर्स्थापना गर्नुपर्ने उनको भनाइ छ । कतिपय गन्तव्य मुलुकस्थित नेपाली दूतावासहरूले मागपत्र प्रमाणीकरणको काम सहज नबनाइदिँदा राज्यकै कमजोरीका कारण युवाहरू अवैध रुट तथा अवैध प्रकृयामार्फत वैदेशिक रोजगारीमा जान बाध्य रहेको डा. संग्रौलाले जोड दिइन् । सरकारका सबै निकाय तथा सम्बन्धित सरोकारवालासँग समन्वय गरी मानव तस्करका घटना कम गर्न सकिने उनको सुझाव छ ।
मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख एसएसपी डा. देवबहादुर बोहराले कोभिडका कारण धेरै युवाहरू बेरोजगार बनेको र विदेशबाट पनि रोजगारी गुमाएर युवाहरू फर्किने क्रम बढेकाले मानव तस्करीका घटनाले बढवा पाउँदै गएको बताए । ‘मानव तस्करीको घटना घट्नुभन्दा पनि निरन्तर बढ्दो छ ।’ उनले भने, ‘मानव बेचबिखन ब्यूरोले यो महामारीको बीचमै करिब ३२ जना मानव बेचबिखन तथा ओसारपसारमा संलग्न अपराधीलाई पक्राउ गरेको छ ।’
वैदेशिक रोजगारीमा राम्रो काम र कमाइको प्रलोभनमा मानव तस्करीका घटना बढ्दै गएको व्युरो प्रमुख एसएसपी डा. बोहराले उल्लेख गरे । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा ब्यूरोले उल्लेख्य भूमिका निर्वाह गरिरहेको उनको दाबी छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले गत फाल्गुन २९ गतेदेखि भदौ १४ गतेसम्म वैदेशिक रोजगारीमा श्रम स्वीकृति, मागपत्र प्रमाणीकरणलगायत केही प्रकयाहरू बन्द रहे पनि हाल विश्वका सबै मुलुकहरूमा नेपाली श्रमिकहरूका लागि बाटो खुला रहेको बताए । संस्थागत तथा व्यक्तिगतरूपमा नेपाली श्रमिकहरू विश्वका जुनसुकै मुलुकमा जान नेपाल सरकारले खुला गरे पनि खाडीका कतिपय गन्तव्य मुलुकहरूले आन्तरिक कारणले मागपत्र प्रमाणीकरणको काम नगरेकाले केही असहज भएको उनको भनाइ छ ।
‘मागपत्र प्रमाणीकरणको विषयलाई सहजीरकण गरिदिन परराष्ट्र मन्त्रालयमा हामीले अनुरोध गरिरहेका छौँ । आन्तरिक व्यवस्थापनका केही असहज कारण छन् भन्ने छन् । तर अहिले जुन तरिकाले यूएईलगायत देशमा भिजिट भिसामार्फत कामदार पठाउने कुरा सुनिएका छन् । हामीले एउटा ढोका बन्द गर्रौँ भने अर्को ढोकाबाट मानिसहरू छिर्न खोज्छन् । यो स्वाभाविक पनि हो,’ महानिर्देशक दाहालले भने ।
मागपत्र प्रमाणीकरणको समस्यामाथि परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर नीतिगतरूपमा सहजीकरण गर्ने उनको जोड छ । ४० लाखभन्दा बढी नेपाली युवाहरूले जिविकोपार्जन गर्ने वैदेशिक रोजगारीको क्षेत्र निकै ठूलो सञ्जाल रहेकाले यसमा राम्रा र नराम्रा दुवै पाटाहरू रहेको महानिर्देशक दाहालको भनाइ छ । यसभित्र मानव तस्करका संस्थागत तथा व्यक्तिगत गिरोहहरू सक्रिय रहेको उनले बताए ।
विभागमा आएका वैदेशिक रोजगारीका नाममा ठगी तथा तस्करीका घटनामाथि आफूले निगरानी बढाएको र अपराधमा संलग्न व्यक्तिहरूलाई कारबाही प्रकृया बढाइरहेको उनको दाबी छ । मानव तस्करी नियन्त्रणमा विभागले मात्र नभएर सम्बन्धित सबै सयन्त्रले सक्रियरूपमा काम गर्नुपर्ने उनले जोड दिए । वैदेशिक रोजगारीमा जाने व्यक्तिहरू पनि सचेत हुनुपर्ने उनले जोड दिए । वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठ बेरोजगार समस्याका कारण मानव बेचबिखन तथा ओसारपसारका घटना बढ्दै गएको बताउँछन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया