कैलाली ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले कैलाली र कञ्चनपुरका खाद्य उद्योगको अनुगमन गर्ने क्रममा मापदण्ड नपुगेका आठ उद्योगको उत्पादन रोक्का गरेको छ भने एक उद्योगको उत्पादन फुकुवा गरेको छ । दुवै जिल्लाका २४ वटा पानी प्रशोधन तथा चिसो पेय पदार्थ उत्पादन गर्ने उद्योगको अनुगमन गर्ने क्रममा खाद्य स्वच्छता मापदण्डअनुरूप नपाइएका कैलालीका पाँच र कञ्चनपुरका तीन गरी आठवटा उद्योगलाई खाद्य ऐनबमोजिम उत्पादन रोक्का गरिएको र एकको मापदण्ड सुधार गरिएकाले उत्पादन फुकुवा गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत नवराज दाहालले जानकारी दिए । जसमा कञ्चनपुरको कौशल कञ्चन मिनरल शुक्लाफाँटा झलारी पानी उद्योगले मापदण्ड सुधार नगरेसम्मका लागि उत्पादन रोक्का राखिएकोमा मापदण्ड सुधार गरी कार्यालयमा जानकारी गराएकोले उत्पादन फुकुवा गरिएको उनले बताए ।
कैलालीका मापदण्ड नपुगी उत्पादन रोक्का रहेका प्रशोधित पानी उद्योगमा कैलाली वाटर इण्डष्ट्रिज धनगढी, न्यू एभरेष्ट अनुज उद्योग टीकापुर, एक्वा कर्णाली अमृत एण्ड बेभरेज इण्डष्ट्रिज लम्किचुहा, एनकेडिजे बेभरेज एण्ड प्याकिङ उद्योग लम्किचुहा र चिसो पेयपदार्थ उत्पादन गर्ने उद्योगमा अनुज एभरेस्ट उद्योग टीकापुर रहेका छन् । कञ्चनपुरका प्रशोधित पानी उद्योगमा डेली ड्रिंकिङ वाटर एण्ड मल्टी प्रोडक्सन उद्योग पुनर्वास, ब्लु बर्ड वाटर टिटमेन्ट एण्ड सप्लायर्स भीमदत र शिवशंकर वाटर एण्ड मल्टि प्रोडक्सन भासी रहेका छन् ।
स्वच्छता मापदण्ड पालना नगरेको हुँदा मापदण्ड सुधार नगरेसम्मका लागि आठ उद्योगको सिलबन्दीसहित उत्पादन रोक्का राखिएको बताइएको छ । त्यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले आर्थिक वर्ष २०७७/७८ प्रथम चार महिनाको अवधिमा खाद्य नमूना विश्लेषण र दाना नमूना विश्लेषणबाट पाँच लाख ७३ हजार एक सय ६५ रूपैयाँ राजस्व संकलन गरेको जनाइएको छ । यसैगरी कार्यालयले विभिन्न स्थानमा रहेका खाद्य पसल, मिठाइ पसल तथा होटलको अनुगमनका क्रममा म्याद गुज्रेका खाद्य पदार्थ नष्ट गरेको छ । अनुमानित ४७ हजार पाँच सय २० रूपैयाँ मूल्यबराबरको खाद्यपदार्थ नष्ट गरिएको कार्यालयका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत नवराज दाहालले बताए ।
नुनको गुणस्तर अनुगमन : सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा आयोडिनयुक्त नुन आपूर्ति गर्ने संस्था साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड धनागढीले भारतबाट आयात गरी धनगढीमा रहेको प्रशोधन युनिटबाट प्याकिङ र लेबलिङ गरी बिक्रीवितरण गर्ने नुनको गुणस्तरको अनुगमन गरेको छ । आयात प्रक्रिया, प्रशोधन प्रक्रिया, भण्डारण र बिक्रीवितरण प्रक्रियालगायत नुनको गुणस्तर नियन्त्रण प्रक्रिया सम्बन्धमा स्थलगत अनुगमन गरेको हो । कर्पोरेसनको प्रशोधन केन्द्र, गोदाम, धनगढी बजारमा नूनको १० वटा नमूना संकलन गरी नुनमा सोडियम क्लोराइडको मात्रा र आयोडिनको मात्राको प्रयोगशाला परीक्षण गरी अनुगमन प्रतिवेदन र प्रयोगशाला प्रतिवेदन विभागमा पेस गरिएको जनाइएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- वित्तीय सङ्कटको सम्भावना कसरी टार्ने ?
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया