स्वास्थ्य सावधानीसहित गेट कलेजको दीक्षान्त समारोह
काठमाडौं ।
एक दशकभन्दा लामो समयदेखि सञ्चालन हुँदै आएको राजधानीको ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज)ले कोभिड–१९ महामारीका बीच नवीन सामान्यता (न्यू नर्मल)को अवधारणा अनुसरण गर्दै नेपालमै नमूनाका रूपमा स्वास्थ्य सावधानी अपनाउँदै दीक्षान्त समारोहको आयोजना गरेको छ । खुला चउरमा हरेक पटक १० देखि १५ जना विद्यार्थीका समूह बनाएर स्वास्थ्यसम्बन्धी प्रोटोकल अपनाउँदै कलेजका १ सय ३३ विद्यार्थीहरूलाई दीक्षान्त प्रमाणपत्र प्रदान गरिएको गेट कलेजले जानकारी दिएको छ । नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत एलिजाबेथ भोन क्यापलरको प्रमुख आतिथ्यमा सम्पन्न भएको दीक्षान्त समारोहमा कलेजका ब्याच १९ का ५० जना र ब्याच २० का ८३ जना विद्यार्थीहरूलाई दीक्षान्त प्रमाणपत्र प्रदान गरिएको हो ।
स्थापनाकालदेखि नै खाद्य सुरक्षा र सरसफाइका क्षेत्रमा देशभरि नै औपचारिक शिक्षासहित आवधिक प्रशिक्षणका कार्यक्रमहरू सञ्चालन गर्दै आएको कलेजले कठिन परिस्थितिका बीच पनि आफ्नो शिक्षा पूरा गरेका विद्यार्थीहरूको दीक्षित हुन पाउने अधिकारको रक्षाका लागि स्वास्थ्यका प्रोटोकल अपनाउँदै दीक्षान्त समारोह आयोजना गरिएको कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाईँ बताउँछन् ।
‘लामो समयसम्म लकडाउन र कोभिड–१९ महामारीका कारण शिक्षालयहरू नखुल्दा विद्यार्थीहरूमा उत्पन्न निराशाका भाव अन्त्य गर्नका लागि पनि स्वास्थ्य सावधानी अपनाउँदै अब शैक्षिक क्रियाकलाप सुचारु गर्नुका विकल्प छैन’, नेपालमा व्यावसायिक र पेशागत शिक्षाका क्षेत्रमा समेत क्रियाशील रहँदै आएका लकाईँ भन्छन्, ‘न्यू नमर्ल भनिने यही परिस्थितिका बीच कसरी अगाडि बढ्न सकिन्छ भन्ने सिकाइका लागि समेत यो दीक्षान्त समारोहले उदाहरण पेश गर्नेछ ।’
कार्यक्रममा स्विस राजदूत क्यापलरले पर्यटन उद्योगको भविष्य दीगोपनमा आश्रित रहेको बताउँदै पर्यटन शिक्षाका विद्यार्थीहरूले दिगोपनमा जोड दिएमा उनीहरू परिवर्तनकर्ता हुनसक्ने विश्वास व्यक्त गरिन् । गेट एकेडेमिक काउन्सिलका अध्यक्ष प्रोफेसर पीटर जोन्सले विश्वलाई दिगोपनमा सचेत बढी व्यावसायिक आतिथ्य सत्कार क्षेत्रका नेतृत्वकर्ताको खाँचो रहेको स्मरण गराउँदै विद्यार्थीहरूको व्यावसायिकता विकासमा ध्यान केन्द्रित गर्न सुझाव दिए ।
‘अहिलेको कठिन क्षणले हामीलाई हाम्रो धैर्यताले हामी को हौँ भनेर फेरि एकपल्ट सिकायो र अहिले सबै चुनौतीहरूका बाबजुद विश्वको सेवा क्षेत्रलाई यस्ता नेतृत्वकर्ताको खाँचो छ जो मानवीय मूल्यमान्यताद्वारा सञ्चालित र उनीहरूको सोचमा स्थिरता छ’, स्विस होटेल एसोसिएसनका बोर्ड सदस्य डा. उली स्नेइडरले भने । गेट कलेजका प्रमुख कार्यकारी अधिकृत लकाईँले खेम लकाईले संसारलाई अब सबैभन्दा शक्तिशाली वा ठूलो पदधारकहरूको खाँचो नभई मानवीयतालाई प्रवद्र्धन गर्न दिन इच्छुक वास्तविक मानवको खाँचो रहेको औँल्याए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- कस्तो छ नेपाल–भारत सैनिक सम्बन्ध ?
- एउटी नर्सको कथा व्यथा
- सहरमा भुस्याहा कुकुरको व्यवस्थापन
- भ्रष्टाचारको आरोपमाथि स्वतन्त्र छानबिन गर
- क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः न्यौपाने
- नाम्दु सबस्टेसन मंसिरभित्रै सञ्चालनमा आउने
- उत्पादनको १७ प्रतिशत कफी विदेश निर्यात
- टेलिकमको नाफामा गिरावट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया