Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधशिक्षक हत्याको घटनाका दोषीलाई कारबाही गर्न आयोगको माग

शिक्षक हत्याको घटनाका दोषीलाई कारबाही गर्न आयोगको माग


काठमाडौं ।
राष्ट्रिय मानवअधिकार आयोगले मोरङमा भएको शिक्षक हत्याको घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले बुधबार एक विज्ञप्ति जारी गरी मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा मंगलबार भएको सरस्वती आधारभूत माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको हत्याको घटनाका सम्बन्धमा आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा कुनै पनि व्यक्तिलाई विचार आस्था र आशंकाका आधारमा स्वेच्छाचारी रुपमा पक्राउ गर्ने र यातना दिने कार्य नगर्न, आफ्ना विचारमा असहमति राख्नेप्रति असहिष्णु भई हत्या–हिंसा नगर्न र प्रत्येक व्यक्तिको जीवनको अधिकारको सम्मान गर्न आग्रह गरिएको छ । आयोगको प्रदेश कार्यालय विराटनगरले घटनाको अनुगमन समेत गरिरहेको बताइएको छ । आयोगलाई प्राप्त नेपाल कम्युनिस्ट पार्टी मेची–कोशी ब्यूरोको प्रेस वक्तव्यअनुसार उक्त हत्या सोही पार्टीका कार्यकर्ताबाट भएको देखिएको आयोगले जनाएको छ । व्यक्ति हत्याजस्तो गम्भीर अपराधका घटनाप्रति आयोगले खेद प्रकट गरेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया