बेरोजगार युवायुवतीलाई स्वरोजगार बनाउन तालिम दिइने
बझाड. ।
बझाङ जिल्लाका १ सय ६० बेरोजगार युवायुवतीलाई एक संस्थाले व्यावसायिक तालिम दिने भएको छ । जिल्लाका जयपृथ्वी र बुंगल नगरपालिकासहित दुर्गाथली, केदारस्युँ र चिरवित्थड गाउँपालिकाका २०÷२० जना बेरोजगार युवायुवतीलाई तालिम दिन लागिएको हो । न्यूनतम सुविधाविहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम युसेप नेपालले युवाहरुलाई स्वरोजगार बनाउन तालिम दिन लागेको परियोजनाका कर्मचारी राजेन्द्र विष्टले बताए ।
युरोपियन युनियनको आर्थिक सहयोगमा ब्रिटिश काउन्सिलको व्यवस्थापन र दक्षता परियोजनाको सहयोगमा तालिम हुनलागेको हो । पाँचवटै पालिकामा कतै बेमौसमी तरकारी खेतीसम्बन्धी कतै च्याउखेती र कतै पशुपालनसम्बन्धी उद्यमशील तालिम दिएर स्वरोजगार हुन सहयोग मिल्ने उद्देश्य राखेको छ । शुक्रबार युसेप संस्थाले जिल्लामा रोजगारदाता परामर्श बैठक राखेर सरोकारवालाबाट सुझाव सल्लाह साथै परियोजनाको जानकारी दिएको थियो । बझाङ र बर्दियामा लागू भएको यो परियोजना पहिलो चरणमा १५ महिनाको हुनेछ भने यो परियोजनाबाट तीनमहिने कृषिसम्बन्धी उद्यम विकास तालिम दिइने भएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया