पर्यटन कक्षा गार्मामा हुनुपर्ने स्थानीयको माग
सोलुखुम्बु ।
पर्यटनसम्बन्धी कक्षा सोलुखुम्बुको गार्मामा हुनुपर्ने भन्दै नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान काठमाडौंलाई स्थानीयले ध्यानाकर्षण गराएका छन् । सोलुदूधकुण्ड नगरपालिका ७ गार्माका स्थानीयले गार्मामा स्थापित नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानमा हुनुपर्ने कामहरुका बारेमा असन्तुष्टि जनाएका हुन् । प्रतिष्ठानअन्तर्गतको भौतिक निर्माण कार्य कछुवा गतिमा भएको भन्दै सन् २००२ देखि हालसम्म जग्गाको मुआब्जा समस्याको रुपमा रहनु दुःखद भएको उनीहरुको भनाइ छ । स्थानीयले जनप्रतिनिधि र स्थानीय प्रशासनलाई बेवास्ता गर्दै कर्मचारीहरुको स्वेच्छिक कार्यसम्पादनले कलेज गार्मामा सञ्चालन गर्न रुचि नरहेको प्रष्ट भएको आरोप समेत लगाएका छन् ।
स्थानीयले ध्यानाकर्षण पत्रमा आगामी सेमेष्टरका कक्षाहरु गार्मामा नै सञ्चालन गर्न र प्रतिष्ठानको वेभसाइटमा सैद्धान्तिक कक्षा काठमाडौंमा र प्रयोगात्मक कक्षा सोलुको गार्मामा भन्ने लेखिएको कुरा तत्काल सच्याइ दुवै कक्षा सोलुखुम्बुको गार्मामा नै हुने भन्ने वाक्य लेख्न माग समेत गरेका छन् । स्थानीयले जग्गाको मुआब्जा विवाद तत्काल सम्बोधन गर्न, रिक्त बोर्ड सदस्य स्थानीयमध्ये तुरुन्त नियुक्त गर्न माग गरिएको सरोकारवाला डा.खड्गनारायण श्रेष्ठले जानकारी दिए । ध्यानाकर्षण पत्रमा स्थानीय १४ जना प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।
यसअघि केही समयअघि पर्यटन मन्त्रीको सोलुखुम्बु भ्रमणमा समेत स्थानीयले तत्काल कक्षा सञ्चालन, जग्गाको मुआब्जा वितरणको समस्या समाधान गर्न माग समेत गरेका थिए । ध्यानाकर्षणपत्र बुझ्दै एकेडेमीका अध्यक्ष लाक्पाफुटी शेर्पाले एकेडेमी स्थापना गर्दाताका भएका कठिनाइका कथा सुनाउँदै विभिन्न बाधा व्यवधान भएको र यसका बाबजुद पनि छिटोभन्दा छिटो सोलुखुम्बुमै कक्षा सञ्चालन गर्ने बताए । सम्बन्धित मन्त्रालय र मन्त्री, जिल्लाका सांसद, पार्टी लगायतलाई पनि ध्यानाकर्षण गराउने स्थानीय सरोकारवालाहरुले बताएका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- चीन र नेपालको सम्बन्ध जनस्तरमा विस्तार आवश्यक: वरिष्ठ उपाध्यक्ष पोखरेल
- पूर्वप्रधानमन्त्री खनालद्वारा पूर्वसभामुख ढुङ्गानाको निधनप्रति दुःख प्रकट
- राजकीय सम्मानका साथ पूर्वसभामुख ढुङ्गानाको अन्त्येष्टि गर्ने सरकारको निर्णय
- अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालकहरूविरुद्ध फौजदारी मुद्दा
- राष्ट्र बैंकले एक वर्षमा कमायो ७३ अर्ब ७६ करोड सरकारलाई ३७ अर्ब दिने
- ‘शंकास्पद कारोबारमा विद्यार्थीको संलग्नता बढी देखियो’
- मानव तस्करीमा राज्यका दुई विशिष्ट पदाधिकारी: एक जेलमा अर्का पदमा !
- कर्णालीमा आठ पदमा ४४ उम्मेदवारको मनोनयन दर्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया