काठमाडौं ।
नेपाली अलैँची चिनाउन चार वर्षअघि बनेको व्यापार चिह्न अझै कार्यान्वयनमा आउन सकेको छैन । सरकारले विसं २०७३ असार १९ गते जारी गरेको ट्रेडमार्कलाई केही समयअघि मात्रै पाकिस्तानले स्वीकृति जनाएको थियो । स्वीकृतिपछि पाकिस्तानमा व्यापार चिह्न लगाएर अलैँची लग्न सकिने भए पनि विविध कारणले लगिएको छैन । भारत–पाकिस्तानबीचको द्वन्द्वका कारण नेपालमा व्यापार चिह्नसहितको अलैँची पाकिस्तान लैजान नसकिएको व्यवसायी बताउँछन् । सरकारले लोगो जारी गरेलगत्तै भारत, पाकिस्तान र यूएईमा दर्ता प्रक्रिया अघि बढाइएको थियो । एक वर्षअघि नै पाकिस्तानबाट लोगो स्वीकृत भएर आयो भने अन्य देशबाट आएको छैन ।
‘कूटनीतिक कदम व्यापक बनाउनुपर्छ । हाम्रो कूटनीतिक कदम सुस्त भएकाले समस्या भएको हो’, अध्यक्ष कार्कीले भने– ‘पाकिस्तानसँग भने व्यापार गर्दा भारतलाई समेत सन्तुष्ट बनाएर गर्नुपर्ने हुन्छ ।’ सरकारले कूटनीतिक पहल गरेमा केही सहज हुने अध्यक्ष कार्कीको भनाइ छ । चार वर्षअघि सरकारले ‘एभरेस्ट विग कार्डिमम’ नामक व्यापार चिह्न जारी गरेको छ । व्यापार चिह्न कार्यान्वयनपछि अलैँचीमा सुधार गरेर विदेश निर्यात गर्न अलैँचीलाई तीन गुणस्तरमा वर्गीकरण गरिएको छ ।
सबैभन्दा गुणस्तरीय अलैँचीलाई जेम्बो जेट(जेजे), मध्यम गुणस्तरीय अलैँचीलाई स्टेन्डर क्वालिटी(एसटी) र कम गुणस्तरीय अलैँचीलाई चलनचल्तीको मापन(सीसी)मा वर्गीकरण गरिएको छ । आर्थिक वर्ष ०७५/७६ मा ५२ लाख ४० हजार तीन सय २९ किलो अलैँची निर्यात भएकामा आव ०७६/७७ मा ५० लाख १२ हजार छ सय ९४ किलो निर्यात भएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांक छ । आव ०७५/७६ मा चार अर्ब २८ करोड ४१ लाख ९९ हजार रूपैयाँको अलैँची निर्यात भएकामा गत आव ०७६/७७ मा चार अर्ब एक करोड ९२ लाख १४ हजार रूपैयाँको मात्र निर्यात भएको तथ्यांकले देखाउँछ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माण थालियो
- नेपाल र बङ्गलादेशबीच जलवायुका विषयमा सहकार्यकोे महत्व छ: मन्त्री शाही
- कांग्रेस आकस्मिक बैठक: शोक प्रस्ताव पारित, दुई दिन आधा झण्डा झुकाउने
- पूर्वसभामुख ढुङ्गानाप्रति देउवाद्वारा श्रद्धाञ्जली अर्पण
- प्रधानमन्त्री ओलीद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
- आर्जन सहकारीको सम्पूर्ण सूचक सकारात्मक
- घोराही सिमेन्टको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा
- लुम्बिनी लायन्सको जर्सीको औपचारिक अनावरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया