एफएनसीसीआईका नवनिर्वाचित पदाधिकारीलाई नेपाल रत्न तथा आभूषण संघद्वारा स्वागत
काठमाडौं ।
नेपाल रत्न तथा आभूषण संघले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई सम्मान तथा स्वागत गरेको छ । संघले आइतबार काठमाडौंमा आयोजना गरेको स्वागत कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रको समस्या समाधान गर्ने विश्वासका साथ निर्वाचित गरेको भन्दै आफूहरूले सो विश्वासलाई कायम राख्न प्रयास गर्ने बताए ।
‘निजी क्षेत्रले एकमात्र नेतृत्व महासंघलाई मानेको हुँदा हामी सबै जनाले एक लक्ष्य र आवाजमा काम गर्नेछौँ’, अध्यक्ष गोल्छाले भने । उनले हालै महासंघभित्र समिति र फोरम गठन गरिसकेको भन्दै ती समिति र फोरमहरूलाई सक्रिय बनाएर निजी क्षेत्रको विभिन्न समस्याहरू समाधान गर्न पहल गर्ने बताए । हाल देशभित्र सुनचाँदीको गरगहना तयार गर्न दक्ष कामदारको अभाव देखिएको विषयमा जानकार रहेको भन्दै सो विषयलाई सम्बोधन गर्दै आगामी दिनमा नेपालभित्रै कामदार तयार पार्ने प्रयास गर्ने बताए ।
उनले नेपाली गरगहनाको निर्यातमा पनि चुनौती रहेको तर उच्च मूल्य प्राप्त गर्न सकिने सुनचाँदी गरगहनाको निर्यातका लागि समेत रत्न तथा आभूषण संघसँग सहकार्य गर्ने बताए । लगानीको वातावरणलाई सुधार्ने र कसरी दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने भन्ने योजनासहित काम भइरहेको भन्दै त्यसको लागि बृहत् छलफल समेत गरिने अध्यक्ष गोल्छाले बताए ।
त्यसैगरी वस्तुगत तर्फका उपाध्यक्ष अन्जन श्रेष्ठले रत्न तथा आभूषण संघसँग नजिकबाट सहकार्य गर्न तयार भएको भन्दै १० हजारभन्दा बढी सुन व्यवसायी रहेकोमा सरकारले कोटा लगाउनु दुःखद रहेको बताए । सुनको अभावले व्यवसायी र कालिगढ पलायन हुनसक्ने जोखिम भएको भन्दै उनले सो समस्या समाधान गर्न प्रयास गर्ने बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया