चितवन ।
चितवनको पर्यटकीय नगरी सौराहामा पहिलोपटक पर्यटन प्रवर्द्धनका लागि घुमौँ सौराहा अभियान सुरु गरिने भएको छ । नाकाबन्दी, भूकम्प, मुग्लिङ नारायणगढ सडक स्तरोन्नतिका कारण मारमा परेको सौराहा कोरोना भाइरससँगै ठप्प बनेको थियो । जसका लागि होटल व्यवसायीहरूको साझा संस्था क्षेत्रीय होटल संघ सौराहाको आयोजनामा घुमौँ सौराहा अभियान सुरु गरिने भएको हो ।
आन्तरिक पर्यटनमार्फत क्रमिक रुपमा चलायमान बन्दै गएको सौराहामा पर्यटक आकर्षित प्याकेजसहित देशका विभिन्न भागमा पत्रकार सम्मेलनसँगै व्यावसायिक भेटघाट राख्दै यही पुस १० गतेबाट अभियान सुरु गरिने क्षेत्रीय होटल संघका अध्यक्ष दिपक भट्टराईले जानकारी दिए । अभियानको क्रममा पुस १० विराटनगर, पुस ११ जनकपुर, पुस १२ वीरगञ्ज विविध कार्यक्रम गरिनेछ । ‘कोरोना भाइरसका कारण पर्यटन उद्योग ठप्प छ’, अध्यक्ष दिपकले भने, ‘स्वदेशभित्र भने घुम्न र पर्यटकहरूलाई आकर्षित गर्न घुमौँ सौराहा अभियान सुरु गर्न लागेका हौँ ।’ चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार सौराहामा निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा दुर्लभ वन्यजन्तु गैँडा, बाघ, भालुलगायतका जनावर हेर्न स्वदेशी र विदेशी पर्यटक आउने गर्छन् । सौराहा देशको तेस्रो पर्यटकीय गन्तव्य हो ।
स्वदेशी पर्यटकलाई सस्तो मूल्यमा घुम्न पाउने अवसर दिने योजनाअनुसार सुरु गरिने कार्यक्रमले सौराहाको पर्यटनमा नयाँ आयाम थपिने होटल संघका महासचिव गुणराज थपलियाले बताए । कोरोनाका कारण घरमै बस्दा हैरान भएको व्यक्तिहरू घुम्ने प्रचलन बढ्दै गएकाले आकर्षक प्याकेजसहित कार्यक्रम घोषणा गर्ने संघले जनाएको छ । ‘हाम्रो उद्देश्य नेपालीहरूले विदेश होइन स्वदेशमै घुम्नुपर्छ भन्ने मान्यताअनुसार सस्तो प्याकेजसहित घुमौँ सौराहा अभियान ल्याएका हौँँ’, थपलियाले भने, ‘यसले सबैलाई आकर्षित गर्नेछ ।’ (आर्थिक दैनिकबाट)
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया