Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधलुक्लामा चामलको मूल्य बढी लिएको उपभोक्ताको गुनासो

लुक्लामा चामलको मूल्य बढी लिएको उपभोक्ताको गुनासो


सोलुखुम्बु ।
सोलुखुम्बुको खुम्बु क्षेत्रका स्थानीयले नेपाल खाद्य व्यापार तथा कम्पनी लिमिटेड लुक्ला डिपोबाट वितरण हुने सहुलियत दरका चामल बढी मूल्यमा बिक्री भएको गुनासो गरेका छन् । कम्पनीको नियमअनुसार ६१ रूपैयाँ प्रतिकिलो पर्ने जिरा मसिना स्टीम चामल लुक्लामा ६८ रूपैयाँमा बिक्री भइरहेको उपभोक्ताको भनाइ छ । ताकिएको भन्दा बढी मूल्यमा चामल बिक्री भइरहेको स्थानीय लाख वीर तामाङले बताए ।

खुम्बुमा २५ किलोको एक बोरा चामलको मूल्य एक हजार पाँच सय २५ रूपैयाँ मूल्यमा उपलब्ध गराउनुपर्ने हुन्छ । तर अहिले खुम्बु क्षेत्रमा एक बोरा चामलको मूल्य एक हजार सात सय रूपैयाँ लिएको स्थानीय उपभोक्ताको भनाइ छ । एक हजार पाँच सय २५ रूपैयाँपर्ने चामलको मूल्य एक हजार सात सय तिर्नुपर्ने बाध्यता रहेको अर्का उपभोक्ता दिपक भुजेलले बताए ।

तर यता नेपाल खाद्य व्यापार तथा कम्पनी लिमिटेड सल्लेरी शाखाका प्रमुख सिद्धिनाथ मिश्रले भने सल्लेरीमा उपलब्ध भएको छुट अफर लुक्लामा लागू नभएका कारण मूल्य फरक परेको बताए । उक्त चामलको मूल्य लुक्लामा ६८ रूपैयाँप्रति किलो नै पर्ने भए पनि सल्लेरीमा विशेष छुट अफर चलिरहेकाले ६१ रूपैयाँ प्रतिकिलो पर्न गएको उनको भनाइ छ । लुक्लाका उपभोक्तालाई छुट अफरका बारेमा जानकारी नहुँदा भ्रममा परेको प्रमुख मिश्रले बताए । लुक्लामा ढुवानी महँगो पर्ने भएकाले केन्द्रको परिपत्रअनुसार छुट अफर नभएकोे खाद्य कम्पनी तथा व्यापार लिमिटेड सल्लेरी शाखाले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया