कालिञ्चोक गाउँपालिकामा प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिता
दोलखा ।
दोलखाको कालिञ्चोक गाउँपालिकाले प्रथम अध्यक्ष कप अन्तरपालिकास्तरीय खुला भलिबल प्रतियोगिता सम्पन्न गरेको छ । गाउँपालिकाले खेल क्षेत्रको विकास गरी समन्नुत समाज निर्माण गर्ने उद्देश्यले सुरु भएको प्रथम कालिञ्चोक अध्यक्ष कप खुला भलिबल प्रतियोगिताको प्रथम उपाधि आयोजक टिम कालिञ्चोक गाउँपालिकाले हात पारेको छ ।
त्यसैगरी प्रतियोगितामा बिगु गाउँपालिका तेस्रो स्थान हासिल गर्न सफल भएको छ भने आयोजक कालिञ्चोक ‘डी’ टिम चौथो भएको कालिञ्चोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले जानकारी दिए । उपाधि हासिल गर्ने खेलाडीहरूलाई गाउँपालिका अध्यक्ष विनकुमार थामी र जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले शनिबार एक कार्यक्रमका बीच पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगितामा प्रथम हुनेले एक लाख रूपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । त्यस्तै दोस्रो हुनेले ७० हजार रूपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र, तृतीयलाई ५० हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र र चौथो हुने टिमलाई ३० हजार रूपैयाँ नगदसहित मेडल र प्रमाणपत्र वितरण गरेका छन् । गाउँपालिकाले पहिलो पटक ठूलो धनराशिको खेल आयोजना गरेको गाउँपालिका अध्यक्ष थामीले बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
- भारतीय सेयरबजारमा सात दिनदेखि गिरावट
- २७ सय दुई बिन्दुमा खुम्चियो शेयर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया