काठमाडौं ।
नेपाली सेनाले रौतहटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नागरिक सैनिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले सेनाले रौतहटको राजपुर न.पा. ९ बैरिया स्वास्थ्य चौकीमा १ दिने निःशुल्क जनरल तथा डेन्टल स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
कोभिड–१९ का कारण स्वास्थ्य सेवाबाट वञ्चित र दुर्गम स्थानमा रहेका बिरामीहरूलाई निःशुल्क औषधि वितरण तथा स्वास्थ्य सेवा उपलब्ध गराइएको उक्त स्वास्थ्य शिविरबाट महिला १ सय १०, पुरुष एक सय एक जना र बालबालिका ३२ जना गरी दुई सय ४३ जना (जनरल दुई सय २८ तथा डेन्टल १५) सर्वसाधारणहरू लाभान्वित भएका छन् ।
श्री नं. २८ बाहिनी अड्डा र श्री नं. २८ फिल्ड एम्बुलेन्स गुल्मको सहकार्यमा नेपाल औषधि उत्पादक संघ, सामाजिक विकास मन्त्रालय नं. २ प्रदेश, सैनिक अस्पताल पोखराको सहयोग एवं इन्द्रबक्स गणको संयोजकत्वमा सेनाले उक्त शिविर सोमबार सञ्चालन गरेको थियो । सेना र आम नागरिकबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन यस किसिमको स्वास्थ्य उपचार सेवाले महत्वपूर्ण भूमिका खेल्ने नेपाली सेनाले विश्वास लिएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया