चरीकोट ।
पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको शैलुङडाँडामा पर्यटकलाई अकर्षित गर्न २५० किलोको घण्टी राखिएको छ । दोलखा र रामेछापको सिमाना शैलुङ गाउँपालिकाको वडा नं ८ मा पर्ने शैलुङमा गाउँपालिकाको पाँच लाख ५० हजारमा घण्टी राखिएको गाउँपालिकाले जनाएको छ ।
प्राकृतिक रूपमा सुन्दर रहेको १०० साना–साना पहाडको थुम्का मिलेर बनेको शैलुङडाँडाको प्रचार गरी आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढाउन गाउँपालिकाले निर्माण गरिरहेको विभिन्न पूर्वधारअन्तर्गत जिल्लाकै सबैभन्दा ठूलो घण्टी राखिएको गाउँपालिकाका अध्यक्ष भरत दुलालले बताए । आवश्यक पुर्वाधार नहुँदा र प्रचारप्रसारको अभाव रहे पनि हाल शैलुङ जाने आन्तरिक पर्यटकको सङ्ख्या बढेको छ ।
गाउँपालिकाले शैलुङको विकासका लागि गुरुयोजना निर्माण गरी धमाधम पूर्वाधार निर्माण गरिरहेको छ । गाउँपालिकाले हाल कालापानीसम्म सडक निर्माण गरिसकेको छ भने कालापानीबाट शैलुङडाँडासम्म पुग्न प्रदेश सरकारको सहयोगमा पदमार्ग निर्माण गरेको छ । शैलुङको पर्यटन प्रवद्र्धनले सिङ्गो गाउँपालिकाकै आर्थिक तथा समग्र क्षेत्रमा विकास गराउन सकिने हुँदा विशेष प्राथमिकतामा राखी प्रचार र पूर्वाधार निर्माण गरिरहेको अध्यक्ष दुलालले बताए । समुद्धी सतहदेखि तीन हजार ३०० मिटर उचाइमा रहेको शैलुङडाँडा हिउँले सेताम्य बनेपछि पर्यटकको चहलपहल बढ्ने गरेको वडाध्यक्ष रामेश्वर उप्रेतीले बताए ।
राजधानी काठमाडौंबाट मुडे र चरिकोट हुँदै सहजै शैलुङ पुग्न सकिन्छ । राजधानी काठमाडौंबाट १२५ किलोमिटरको दूरीमा मुडे बजार हुँदै शैलुङको बेसक्याम्प भनिने कालापानीसम्म यातायातमार्फत पुग्न सकिन्छ भने कलापानीबाट केही समय पैदलयात्रा गर्दै शैलुङ पुग्न सकिन्छ । ङडाँडाबाट शैलुङको सय थुम्का, गौरीशंकर हिमाल, रोल्वालिङ हिमशृङ्खला साथै दोलखा रामेछाप र सिन्धुपाल्चोको विभिन्न रमणीय क्षेत्रको अवलोकन गर्न सकिन्छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- जी–२० नेताहरूद्वारा प्रमुख चुनौती र सङ्कटलाई तत्काल सम्बोधन गर्न आह्वान
- युक्रेनले पहिलो पटक रसियामा अमेरिकी मिसाइल प्रहार गर्यो
- एनसेल बन्यो नेपाल प्रिमियर लिग २०२४ को ‘पावर्ड बाई’ प्रायोजक
- शाओमीको नयाँ पावर ब्याङ्क सार्वजनिक
- अर्गानिक र नेपाली मौलिक परिकार पाइने पलाँसेको दाउरा चुलो
- सानिमा बैंकको २०औँ साधारणसभा
- महालक्ष्मी विकास बैंकको हरित घर कर्जा
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकलाई ‘स्काइवाक टावर’मा छुट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया