सुलभ ट्रेड कन्सर्नद्वारा छ करोड ५२ लाख राजस्व छली
काठमाडौं ।
सुलभ ट्रेड कन्सर्नले छ करोड ५२ लाख भन्दा बढी रकम राजस्व छली गरेको पाइएको छ । उक्त कम्पनीले झुटा तथा नक्कली मूल्य अभिवृद्धि (मुअ) कर बिजक प्रयोग गरी राजस्व छली गर्नेगरेको पाइएको हो । राजस्व अनुसन्धान विभागले सुलभ ट्रेड कन्सर्न (स्था.ले.नं. ६००३८५१७०) का प्रोप्राइटर बारा जिल्ला विश्रामपुर वडा नं. ५ वस्ने अमिरी ठाकुरलाई छ करोड ५२ लाख १३ हजार सात सय २६ रूपैयाँ राजस्व छली गरेको भन्दै आइतबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
कम्पनीले वस्तु तथा सेवा खरिद नै नगरी झुटो तथा नक्कली बिक्री बिजक जारी गरी आव २०६८/०६९ देखि २०७३/०७४ सम्ममा मूअ कर तथा आयकर राजस्व चुहावट गरेको विभागले जनाएको छ । कम्पनीले उक्त अवधिमा मूअ करतर्फ दुई करोड १५ लाख ८८ हजार दुई सय तीन रुपैयाँ र आयकरतर्फ चार करोड ३६ लाख २५ हजार पाँच सय २३ रुपैयाँ राजस्व चुहावट गरेको हो ।
कम्पनीले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित गरेको कार्य गरी सोही ऐनको दफा ४ को (क),(ख), (ग),(घ) र (झ) बमोजिम राजस्व चुहावट गरेकोले विभागले सोही ऐनको दफा २(छ१) बमोजिम छ करोड ५२ लाख १३ हजार सात सय २६ रूपैयाँ कुल बिगो कायम गरी कम्पनीविरुद्ध मुघा दायर गरेको छ ।
विभागले कप्पनीले राजस्व छली गरेको सबै प्रमाण रहेकोले कम्पनीका सञ्चालक ठाकुरलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ को उपदफा (१) र (३) तथा सोही ऐन (पहिलो संशोधन (२०७६) को दफा २३(१), २३(१) को खण्ड (घ) र २३ (४) बमोजिम बिगो रकम असुलउपर गरी जरिवाना र कैद सजाय माग दाबी गरेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- पहाड र तराईका केही स्थानमा हुस्सु, बाँकी भागमा मौसम सफा
- यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया