सोलुखुम्बु ।
भेडापालनको लागि आवश्यक पर्ने चरण क्षेत्र सामुदायिक वनमा रुपान्तरण भएपछि भेडाको ऊनबाट बन्ने पराम्परागत राडीपाखी लोप हुने अवस्थामा पुगेको छ । आधुनिक गलैँचाले बजार ओगटेको र भेडाको ऊन समेत पाउन मुस्किल परेको राडीपाखी व्यवसायमा संलग्न व्यक्तिहरू बताउँछन् ।
चरन अभावले भेडा पाल्नै समस्या भएपछि राडीपाखी व्यवसाय नै संकटमा पर्न थालेको सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर ८ का स्थानीय टेकबहादुर मगरले सुनाए । केही वर्षअघिसम्म गाउँघरमा भेडा तथा च्याङ्ग्राको ऊनबाट बन्ने राडीपाखीको माग राम्रै थियो । तर अचेल भेडापालन व्यवसाय घटेसँगै ऊन र राडीपाखीको उत्पादन समेत घटेको मगरको भनाइ छ ।
थुलुङ दुधकोसी गाउँपालिकाका संगम राईका अनुसार स्थानीय राडीपाखीलाई बजारमा आएको रङ्गीचङ्गी गलैँचाले समेत विस्थापित गरेको छ । झट्ट हेर्दा मानिसको ध्यान तान्ने र राडीपाखीभन्दा सस्तोमा समेत पाइने गलँैचातर्फ प्रयोगकर्ताको ध्यान केन्द्रित भएकाले परम्परागत राडीपाखी लोप भएको उनले बताए ।
विशेषगरी गुरुङ जातिको पुख्र्यौली पेसासँग जोडिएको राडीपाखीको महत्व जन्मदेखि मृत्यु संस्कारसँग समेत गाँसिएको सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर ६ छुल्यामुकी दोमी शेर्पाको भनाइ छ । स्वास्थ्यको दृष्टिकोणले पनि अन्य धागोको कपडाभन्दा भेडाको ऊनबाट बनेको राडीपाखी उपयुक्त हुने स्थानीय अनुभवीहरू बताउँछन् । धेरै हिसाबले फाइदाजनक भए पनि पछिल्लो पिँढीले यसको महत्व बुझ्न नसक्नु र सम्बन्धित निकायले समेत चासो नदिनुले संस्कार नै लोप हुँदै गएको ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा नम्बर ४ रुम्जाटारका स्थानीय नरदेवी गुरुङले बताइन् ।
राडीपाखीको उत्पादन र बजार बढाउन सके सयौँलाई रोजगारी दिन सकिने सम्भावना छ । त्यसका लागि भेडा पालक किसान र राडीपाखी व्यवसायीलाई स्थानीय सरकारले सघाउनुपर्ने उनीहरू बताउँछन् । सोलुखुम्बु र ओखलढुंगामा मात्रै वर्षेनी लाखौँ मूल्यबराबरको राडीपाखी उत्पादन हुनेगरेको छ । तर पछिल्लो सयम बजारमा आएका सस्ता गलैँचाले बजार लिएपछि यो पेसामा लागेकाहरूलाई समेत समस्या हुन थालेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया