प्रहरी श्रीमती संघले मुसहरबस्तीमा राहत वितरण ग-यो
जनकपुरधाम ।
प्रहरी श्रीमती संघले जनकपुरधामको मुसहरबस्तीमा राहत वितरण गरेको छ । शीतलहरले प्रभावित भएका जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ र ८ का अतिगरिब मुसहर समुदायका एक सय २५ परिवारलाई राहत वितरण गरिएको हो । उक्त राहत वितरणमा प्रतिपरिवार एक बोरा चामल, दाल, नुन, खाने तेल, कम्बल, बच्चाका लागि न्यानो लुगा एवं जुत्ता प्रदान गरिएको नेपाल प्रहरी श्रीमती संघका केन्द्रीय अध्यक्ष सृजना थापाले बताइन् । गरिब तथा विपन्न वर्गका व्यक्तिलाई सहयोग गर्न संघले २०४१ साल देखि नै सुरु गरेको जानकारी दिइन् ।
कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले चिसोको समयमा विपन्न समुदायलाई राहत दिएर नेपाल प्रहरी श्रीमती संघको निक्कै सराहनीय काम गरेको बताए । प्रहरी श्रीमती संघ प्रदेश नंं. २ का अध्यक्ष कुसुम लत्ता सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल प्रहरीका प्रदेश नं.ं २ का प्रहरी नायव महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक चन्द्रप्रसाद गौतम, राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुख सहितका अधिकारीहरू उपस्थित थिए ।
क्याटेगोरी : नेपाल, बिबिध
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया