लाखौँ खर्चिएर जडान गरिएका सडकबत्ती एक महिना नपुग्दै बिग्रिए
धनगढी ।
कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रमा लाखौँ रकम खर्चेर जडान गरिएका सडकबत्तीहरू महिना दिन नपुग्दै बिग्रिएका छन् । तर मर्मत सम्भारमा पनि कुनै पनि निकायको ध्यान जान सकेको छैन । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का शान्ति टोल, शिवपुरी टोल, न्यू रोड टोललगायतका १० टोलमा जडान गरिएका सडकबत्ती एक महिना नबित्दै बिग्रिएका हुन् ।
हालसम्म मर्मत सम्भार नहुँदा रातिको समयमा आवतजावत गर्नेलाई समस्या भएको शिवपुरी धाम शन्ति टोलकी स्थानीय शान्ति चौधरी बताउँछिन् । उनले भित्री सडकमा खाल्डाखुल्डी, राति अँध्यारो हुँदा दुर्घटनाको जोखिम हुनेगरेको बताइन् । वडा नम्बर ४ को कार्यालय रहेकै क्षेत्रमा जडान गरिएका सडकबत्ती पनि बिग्रिएका छन् ।
केही स्थानमा स्वीच चोरिँदा बलेको बत्ती रातदिन बलेको समेत पाइएको छ । जसले करेन्ट लाग्ने जोखिम पनि उत्तिकै रहेको वडा नम्बर ४ कै स्थानीय सेतु ठकुल्लाले बताइन् । पटक–पटक मर्मत सम्भारका लागि आग्रह गर्दा समेत बेवास्ता गरिएको न्यूरोड टोलका स्थानीयले बताए । सडकबत्ती जडान गर्दा वडा कार्यालयले तीन लाख खर्च गरेको छ । सो वडाभित्रका १० टोलका पाँच सय २४ पोलमा मंसिरमा बत्ती जडान गरिएको हो । एउटा पोलमा एक सय रुपैयाँका दरले सडकबत्ती जडान गरिएको वडा नम्बर ४ का वडाध्यक्ष दिपककुमार थापाले बताए ।
जडानकार्यका लागि मात्रै ५० हजारभन्दा बढी खर्च भएको उनको भनाइ छ । बाँकी सामग्रीको हिसाबकिताब भने हेर्न बाँकी रहेको उनले बताए । वडा अध्यक्ष थापाले ३०/३५ स्थानमा जडान गरिएको बत्ती बिग्रिएको गुनासो आएको बताउँदै नगरपालिका कार्यालयमार्फत चाँडै मर्मत गरिने बताए । धनगढी उपमहानगरपालिकाले मर्मत सम्भार गर्ने जिम्मा वडाकै भएको बताउने गरेको छ । उपमहानगरपालिकाका प्रवक्ता सन्तोश मुडभरीले मर्मतको दायित्व वडा कार्यालयकै रहेको बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया