माथिल्लो सगरमाथाका तीन जिल्लामा आत्महत्या गर्नेको संख्यामा वृद्धि
सोलुखुम्बु ।
पछिल्लो समयमा माथिल्लो सगरमाथाका तीन जिल्लामा आत्महत्या गर्नेको संख्यामा वृद्धि भएको छ । चालू आर्थिक वर्षको पहिलो छ महिनामा माथिल्लो सगरमाथाका सोलुखुम्बु, ओखलढुंगा र खोटाङमा अघिल्लो वर्षको तुलनामा आत्महत्या गर्नेको संख्यामा वृद्धि भएको हो । सोलुखुम्बुमा चालू आर्थिक वर्षको छ महिनामा ३०, ओखलढुंगामा ३२ र खोटाङमा ३९ गरी एक सयवटा आत्महत्याको घटना भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी यौनजन्य प्रकृतिका मुद्दाको संख्यामा वृद्धि भएको छ । यौनजन्य मुद्दाअन्तर्गत सोलुखुम्बुमा १८, ओखलढुंगामा २२ र खोटाङमा १७ ओटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयको तथ्याकंमा उल्लेख छ । पछिल्लो समय आत्महत्या गर्ने र यौनजन्य मुद्दामा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए । त्यसैगरी सोलुखुम्बुमा भवितव्य ज्यानका १६, ज्यान मार्ने उद्योगका सात, अभद्र व्यवहारका छ, कर्तव्य ज्यानका चार, जबरजस्ती करणीका तीन, आपराधिक उपद्रोसम्बन्धी कसुर, नकाबजनी चोरी र चौपाय चोरीमा दुई/दुईवटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
यस्तै जुवा तथा जट्टाबाजी, राष्ट्र सेवाकलाई बाधा विरोध, हातहतियार खरखजता, पशुपन्छी कसुर र बाल विवाहका एक/एकवटा गरी कुल एक सय एउटा मुद्दा दर्ता भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । जसमा ४० ओटा मुद्दा फछ्र्यौट भइसकेका छन् भने ६१ वटा अनुसन्धानको क्रममा रहेको प्रहरी निरीक्षक दर्नालले बताए ।
यस्तै ओखलढुंगामा आत्महत्याका ३२, यौनजन्य २२, कर्तव्य ज्यानमा दुई, ज्यान मार्ने उद्योगमा तीन, विवाहसम्बन्धीमा दुई, अभद्र व्यवहार चार र अन्यमा दुई गरी ६७ अपराध भएको देखिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
खोटाङमा आत्महत्या ३५, जबरजस्ती करणी १२, करणी गर्ने उद्योग पाँच, भवितव्य ज्यान १६, अभद्र व्यवहार १२, कर्तव्य ज्यान पाँच, विष सेवन गरी चार, हातहतियार तथा खरखजना दुई, ज्यान मार्ने कसुर पाँच, जुवातास दुई लागुऔषध दुई, अपहरण एक, चोरी सात, बहुविहाह एक, बाल यौन दुव्र्यवहार एक, चौपाय मारेको एक, आगो लगाएको एक, सवारी ज्यान तीन र सवारी अंगभंग एक गरी एक सय १७ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सागर शाहले जानकारी दिए । उनका अनुसार जसमध्ये ४९ वटा फछ्र्यौट भइसकेका छन् भने बाँकी ६८ वटा अनुसन्धानको क्रममा रहेका छन् । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया