हिमालय र यती एयरलाइन्सबीच व्यावसायिक सहकार्य
काठमाडौं ।
हिमालय एयरलाइन्स र यती एयरलाइन्सले सञ्जाल एकीकरण, बिक्री वृद्धि विस्तार र दुवै कम्पनीको ई–कमर्स कार्यक्षमतामा क्रमिक विस्तारको लागि एक आपसमा रणनीतिक व्यापार साझेदारी गरेका छन् । एप्लिकेसन प्रोग्रामिङ्ग इन्टरफेस (एपीआई)को प्रभावकारी कार्यान्वयनका लागि पहिलो सम्झौतामा दुवै कम्पनीको प्रतिनिधिहरुले बुधबार आयोजित एक कार्यक्रमबीच हस्ताक्षर गरेका छन् ।
हिमालय एयरलाइन्सले हाल मध्यपूर्वी एसिया र दक्षिण एसियाका विभिन्न गन्तव्यहरुमा अन्तर्राष्ट्रिय उडानहरु सञ्चालन गरिरहेको छ भने यती एयरलाइन्सले नेपालभर सञ्जाल विस्तार गरी विभिन्न आन्तरिक गन्तव्यहरुमा नियमित उडान गर्दै आएको छ ।
सम्झौताअनुसार दुवै एयरलाइन्सले आ–आफ्नो टिकटहरु जारी गर्न, नयाँ सेवाहरुलाई समावेश गर्ने, यात्रुहरुलाई टिकट खरिदमा सरलीकृत बनाउनुका साथै आफ्ना सेवाहरु एकअर्काको वेबसाइटमा सहज किसिमले उपलब्ध गराउने कम्पनीहरुले जनाएका छन् । यद्यपि यसमा आवश्यक प्राविधिक प्रक्रियाहरु पूरा गर्न बाँकी रहेकोले कार्यान्वयनमा आउन केही समय लाग्नेछ । उक्त कार्यक्रममा बोल्दै हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले दुई एयरलाइन्सबीचको सहकार्य हिमालय र यतीबीच रणनीतिक व्यापारिक साझेदारीको दिशामा पहिलो चरण भएको बताए । ‘
व्यवसाय विस्तारका लागि नयाँ मार्गहरु खोज्न, व्यवसायलाई बढाउन हाम्रो यो साझेदारी महत्वपूर्ण हुनेछ’, उनले भने । यस सहकार्यले व्यवसायलाई बढाएर राजस्वमा वृद्धि गर्न सहयोग पुग्ने उनको भनाइ थियो । यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमालले हिमालय एयरलाइन्सलाई साझेदारको रुपमा पाउँदा आफूहरुलाई खुसी र उत्साहित बनाएको बताए ।
उक्त सहकार्यले व्यावसायिक समुदायलाई सकारात्मक सन्देश दिएको उनको भनाइ थियो । प्रमुख कार्यकारी अधिकृत रिमालले उक्त समझदारीले दुवै एयरलाइन्सका यात्रुहरुले थप लाभ प्राप्त गर्नसक्ने बताए । ‘हाम्रो सञ्जाल विस्तारको लागि हिमालय एयरलाइन्ससँग सहकार्य गर्ने अवसर पाउँदा हामी खुसी छौँ’, रिमालले भने । यती एयरलाइन्स र हिमालय एयरलाइन्सले व्यवसायका लागि नयाँ स्रोतहरु ल्याउन, यात्रुहरुबीच भरोसा बढाउन र व्यापारिक दक्षता बढाउने कार्य गर्न महत्वपूर्ण क्षमता राख्दछ ।
साझेदारीले दुवै एयरलाइन्सको सम्भावित यात्रुहरुको लागि नविन विचारहरु अन्वेषण गर्ने, ग्रहण गर्ने र प्रचार गर्ने उक्त कम्पनीले जनाएको छ । दुवै एयरलाइन्सका वेबसाइटका माध्यमबाट यात्रुहरुले यती एयरलाइन्स, तारा एअर र हिमालय एयरलाइन्सले उडान भर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै गन्तव्यहरुमा चाहेअनुसारको उडान सेवा छनौट गरी फाइदा लिन सक्नेछन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया