Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसंसारकै अग्लो चिण्डो निर्माण गरिने

संसारकै अग्लो चिण्डो निर्माण गरिने


सोलुखुम्बु ।
सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकाले संसारकै अग्लो चिण्डोपार्क निर्माणका लागि डीपीआरको तयारी गरेको छ । गाउँपालिकाले किराँती संस्कृतिको प्रतीकका रूपमा रहेको चिण्डो निर्माण गर्ने उद्देश्यले चिण्डोपार्क निर्माणका लागि डीपीआर तयार गर्नलागेको अध्यक्ष बुद्धिकिरण राईले जानकारी दिए ।

उनका अनुसार करिब दुई हजार फिटको संसारकै अग्लो चिण्डोपार्क निर्माणका लागि गाउँपालिकाले चालू आर्थिक वर्ष २०७७–७८ मा ५० लाख बजेट विनियोजन गरेको छ । सोही बजेटबाट डीपीआर तयार पारिने गाउँपालिकाले जनाएको छ ।

खालिङ किराँत जातिको मुख्य बसोबास रहेको माप्यदुधकोशी गाउँपालिका किराँती सांस्कृतिक प्रतीकका रूपमा निर्माण गर्नका लागिएको पार्कले सो समुदायको भाषा, धर्म, लोक संस्कृतिलाई बचाउन टेवा पुराउने गाउँपालिका अध्यक्ष राईको विश्वास छ ।

चिण्डोपार्क निर्माणका लागि वडा नम्बर २ का स्थानीयले निःशुल्क जग्गा समेत दान गरिसकेको बताइएको छ । स्थानीयले निःशुल्करूपमा जग्गा उपलब्ध गराइसकेकाले अब डीपीआर निर्माणको काम अगाडि बढ्ने वडा नम्बर २ का अध्यक्ष तथा गाउँपालिका प्रवक्ता तेजबहादुर थापा मगरले बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया