गुल्मी ।
मेरुदण्ड भाँचिएर आर्थिक अवस्था कमजोर भएपछि लामो समयदेखि बिस्तारामा छट्पटाएकी गुल्मी मदाने गाउँपालिका वडा नं २ भाँझकटेरीकी खगिश्वरा भुसाललाई मदाने सेवा समाज जापानले आर्थिक सहयोग गरेको छ ।
भुसालको उपचारमा आर्थिक अभाव भएको थाहा पाएपछि रोजगारीका लागि मदानेबाट जापानमा रहेका बाबुराम भुसाल, रमेश भुसाल र टिकु विप्लवले सहयोग रकम संकलन गरेका थिए । मदाने सेवा समाज जापानबाट रमेश भुसालले ७८ हजार चार सय चार रूपैयाँ संकलन गरी मनोज कार्कीको खातामा पठाएका थिए । जापानबाट संकलन गरी पठाएको रकम कार्कीले सोमबार भुसालकै घरमै पुगेर श्रीमान् देवीराम भुसाललाई हस्तान्तरण गरेका छन् ।
सहयोग रकम लिँदै श्रीमान् भुसालले उपचारको लागि सहयोग गर्ने आशा अपाङ्ग केन्द्र गुल्मीकी कार्यालय प्रमुख गंगा रायमाझीलगायत सहयोग गर्ने दाताहरूलाई धन्यवाद दिएका थिए । श्रीमतीको स्वास्थ्यमा पहिलेको तुलनामा केही सुधार भएको र संकलन भएको रकमले उनलाई थप उपचार गर्ने श्रीमान् भुसालले बताए ।
भुसालको उपचारको लागि झण्डै दुई लाख रकम संकलन भएको परिवारले जानाकारी दिएका छन् । २०७७ साल भाद्र २१ गते रागोँले लखेटेपछि भीरबाट लडेर खगिश्वराको मेरुदण्ड भाँचिएको थियो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया