धनगढी, पुस २२
गोदावरी नगरपालिका वडा नं.२ दुर्गालक्ष्मी महिला सामुदायिक वन उपभोक्ता समितिको वन क्षेत्रभित्र विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूले घर निर्माण गरेका छन् । गैरसरकारी संस्थाहरूले आफ्नो मनोमानी सामुदायिक बनको अनुमति नै नलिई वन क्षेत्रमा घर निर्माण गरेका हुन् ।
कुल एक सय ७४ हेक्टर क्षेत्रफल रहेको महिला सामुदायिक वन अतिक्रमणको चपेटामा परेर वनको क्षेत्रफलसमेत घट्दै आएको छ । सामुदायिक वनभित्र अत्तरीया उद्योग वाणिज्य संघ, दलित एकता समाज, नेपाल रेडक्रस सोसाइटी अत्तरिया उपशाखालगायतका सरकारी तथा गैरसरकारी संस्थाहरूले वन अतिक्रमण गरेको छ । सामुदायिक वनमा सरकारी तथा गैरसरकारी संस्थाहरूसँगै व्यक्तिहरूले समेत आफ्नो निजी स्वार्थका लागि सामुदायिक वन अतिक्रमण गर्दै आएका छन् ।
अतिक्रमणकै कारण दुर्गालक्ष्मी महिला सामुदायिक वनको नाम निसाना नै हराउँन्छ कि भन्ने विषयमा अन्य सामुदायिक वनका सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । पूर्व–पश्चिम राजमार्गको छेउमा पर्ने सामुदायिक वन प्रकृतिकरूपले हराभरा देखिन्छ । सामुदायिक वन अतिक्रमणको चपेटामा परेपछि सोही सामुदायिक वनकी अध्यक्ष दुर्गा खडायतले गोदावरी नगरपालिका र इलाका वन कार्यालयसँग हारगुहार गरेको बताइन् । तर, नगरपालिका र इकालाका वन कार्यालयले कुनै पनि चासो नराखेको उनको भनाइ छ । म महिला भएकै कारण बेवास्ता गरी घर निर्माण गर्न लागेको र राजनितिक आडका कारण सामुदायिक वनभित्र घर निर्माण गर्न लागिएको अध्यक्ष खडायतको भनाइ रहेको छ ।
वन परिसरभित्र रहेको लामीताल नजिकै अत्तरीया उद्योग वाणिज्य संघले वर्षेनी महोत्सव सञ्चाल गर्ने गरेका छन् । महोत्सव सञ्चालन गरे पनि सामुदायिक वनलाई भएको आम्दानीमा केही प्रतिशत रकम बुझाउने गरेको छैन् । महोत्सवले सामुदायिक वनभित्रका हरिया सालका रुखका बुटाहरूलगायत ताल परिसरमा दुर्गन्ध फैलाउने समस्या आउने गरेको छ । त्यसका लागि पनि रकम छुट्याउन जरुरी रहेको छ । वडा नं.२ का वडा अध्यक्षलाई समेत अतिक्रमणको बारेमा समस्या राख्दा यस विषयमा बेवास्ता गरेको अत्तरीयाका वनखेतवासीले बताए ।
वडा अध्यक्षले बेवास्ता गर्दा स्थानीयहरू आक्रोशित बनेका छन् । यस विषयमा वडा अध्यक्ष कृष्णराज जोशीले समेत बोल्न मानेनन् । सबडिभिजन कार्यालय अत्तरीयाका अधिकृत रामनारायण यादवले बारम्बार अतिक्रमण हटाउने प्रयास गरे पनि राजनीतिक दबाबका कारण अतिक्रमण हटाउन नसकेको दाबी गरे । वन अक्रिमण के–कति भएको छ भन्ने विषयमा समेत इलाका वनसँग एकिन तथ्याङ्क नभएको स्वीकार गरे । इलाका वन कार्यालय अत्तरियाले अतिक्रमण हटाउन निरन्तर प्रयास राख्दै आएको छ ।
सामुदायिक वन नियामवलीमा अतिक्रमण गर्ने विषयमा सामुदायिक दफा नियमअनुसार कारबाही गर्न सक्ने प्रावधान रहेको छ । तर, दुर्गा सामुदायिक वन अतिक्रमण हटाउन सकिरहेको छैन् । वन अतिक्रमण हटाउन जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा राजनीतिक दल, पत्रकार महासंघलगायतका कार्यादलले हटाउन सक्ने प्रावधान रहेको छ । तर, यस विषयमा प्रशासन समेत मौन रहेको छ ।
जिल्लाको चिसापानीदेखि लिएर अत्तरीयासम्म सरकारी तथा गैरसरकारी संस्थाले सामुदायिक वन अतिक्रमण गरेको डिभिजन कार्यालय धनगढीका प्रमुख वन अधिकृत रामचन्द्र कँडेलले बताए । यसका लागि प्रदेश सरकार नै अग्रसर रहन जरुरी रहेको उनको भनाइ छ । सामुदायिक वन चारैतिरबाट अतिक्रमणमा पर्दै गएको छ । यदि सामुदायिक वनभित्रको अतिक्रमण नियन्त्रण नभएमा दुर्गालक्ष्मी महिला सामुदायिक वन उपभोक्ता समितिको नाम निसाना नै हराउन सक्ने सम्भावना देखिएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया