जिल्लामा जलचर प्राणीहरू नासिँदै गएपछि सरकारको चासो
बझाङ ।
बझाङ जिल्लामा जलचर प्राणीहरू नासिँदै गएपछि सरकारले चासो देखाएको छ । जल तथा ऊर्जा आयोग सचिवालयका सचिव सागरकुमार राईले जलचर प्राणीको संरक्षणका लागि बझाङका स्थानीय तहसँग छलफल गरेका छन् । केही दिनअघि दुई दिनसम्म भएको छलफलमा उनले पानीमा रहने प्राणीहरूमध्ये विशेषगरी माछाको अस्तित्व संकटमा पुगेकोले नदी, खोलामा पाइने माछा संरक्षणमा जोड दिएका हुन् ।
सदरमुकाम चैनपुर, तमैल, भाँडे, मौरीबगर, झनना, झोता, देउरा, बाग्थलालगायतका बजारमा फोहोर व्यवस्थापन गर्ने डम्पिङ साइड नहुँदा सिधै सेती नदी तथा सहायक खोला फोहोर बिर्सजन गर्ने गरिएको छ । फोहोरसँगै रसायजन्य पदार्थ, सिसा, प्लाष्टिकलगायतका नसड्ने तथा जलचर प्राणीलाई हानि पु-याउने चिजवस्तुहरू फ्याकिँदा झन् प्राणीको अस्तित्व नासिन पुगेकोले यसतर्फ नदि खोला नजिकका समुदायलाई सचेत गराउने बताइएको छ । लकडाउन र त्यसपछि कोभिडको निरन्तर प्रभावसँगै माछा मार्नेहरूको संख्यामा पहिलेको तुलनामा अत्यधिक वृद्धि भएपछि यसको नियन्त्रणमा लाग्ने सरोकारवालाहरूले प्रतिबद्धता जनाएका छन् ।
यूएसएड पानी कार्यक्रमको सहयोगमा यसअघि धौलाबगरदेखि तमैलसम्म सेती नदी र कचाली खोलालगायत खोलामा माछा मार्न बन्देज लगाउने गरी केही समूह गठन भए पनि कार्यान्वायनमा आएका छैनन् । सेती नदीमा पाइने असला माछा स्वादका हिसाबले देशैभर प्रख्यात भए पनि पछिल्लो समय यसको संख्या निकै घटेको मछवारहरूले बताउने गरेका छन् । यसबाहेक सेती र यसका सहायक नदीहरूमा १३ प्रकारका माछा पाइने यूएसएड पानी परियोजनाको अध्ययनले देखाएको छ । सानो आँखा भएका जालको प्रयोग, करेन्ट लगाउने, विष्फोटक पदार्थको प्रयोग गर्ने गरेका कारण साना माछाहरू पनि मर्ने भएकोले माछाको संख्या घट्दै गएको अवस्था छ ।
यस्तै खिरोगडेरोजस्ता जैविक विषादी हालेर माछा मार्ने, घनको प्रयोग गर्ने, खोला नै अर्काेतिर फर्काउने गरेर दुवाली थुन्ने गरेको कारण जलचरहरूको अवस्था दिन प्रतिदिन बिग्रिँदै गएकोले विनासकारी तरिकाले माछा मार्न रोक्नतर्फ पनि समुदायको ध्यान जानुपर्ने छलफलमा बताइएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया