आयुर्वेद स्वास्थ्य केन्द्र सोलुखुम्बुमा ल्याब सेवा सञ्चालन
सोलुखुम्बु ।
आयुर्वेद स्वास्थ्य केन्द्र सोलुखुम्बुमा ल्याब सेवा सञ्चालन आएको छ । २०६२ सालमा सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा स्थापना भएको आयुर्वेद स्वास्थ्य केन्द्रमा पहिलो पटक ल्याब सेवा सञ्चालनमा ल्याइएको हो । ल्याब टेक्निसियनको व्यवस्थापन गरी सेवा प्रवाह सुरु गरिएको आयुर्वेद स्वास्थ्य केन्द्रका वरिष्ठ निरीक्षक विजयकुमार झाले जानकारी दिए । ल्याबको व्यवस्थापन भएपछि स्वास्थ्य केन्द्रमा आउने बिरामीहरूले रोगको लक्षण बताएकै आधारमा औषधि दिनुपर्ने बाध्यता अन्त्य भएको छ ।
संघीय सरकारको १० लाख ८१ हजारको लागतमा आश्यक उपकरण व्यवस्थापन गरी सेवा सुरु गरिएको झाले बताए । पहिले बिरामीले भनेको आधारमा औषधि दिने गरिएको थियो अब भने परीक्षण गरेर औषधि वितरण गरिने उनले सुनाए । ल्याबमा एलएफटी, आरएफटी, लिपिड प्रोफाइल, सेरोलोजी, युरिन, इस्टुललगायतका परीक्षण हुने बताइएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया