भक्तपुर ।
भक्तपुरको पर्यटन तथा होटल व्यवसायमा महिलाहरुको लगानी बढ्न थालेको छ । महिलाहरुले संयुक्त लगानीमा ठूला व्यवसाय सुरु गर्नथालेका छन् । महिलाहरुले मध्यपुरथिमि नगरपालिका–४ राधेराधेमा दुई करोड रुपैयाँको संयुक्त लगानीमा ‘मिल मि’ रेस्टुरेन्ट एण्ड बार सञ्चालनमा ल्याएका छन् । ‘मिल मि’को शनिबार पूर्वमन्त्री महेश बस्नेतले उद्घाटन गरे । स्वदेशी तथा विदेशी पर्यटकदेखि परिवारसम्मलाई लक्षित गरी भक्तपुर जिल्लामै पहिलोपटक एउटै छानामुनि स्वदेशी तथा विदेशी खानाका परिकार खुवाउने उद्देश्यले ‘मिल मि’ सञ्चालनमा ल्याएकोे प्रबन्धनिर्देशक विपना सापकोटा पौडेलले बताइन् ।
देशव्यापी रुपमा शाखा विस्तार गर्ने उद्देश्यले व्यावसायिक बजारको रुपमा विस्तार भएको मध्यपुरथिमि नगरपालिका–४ राधे राधे क्षेत्रको भाटभटेनी अगाडि सापकोटासहित दुर्गा राई, रमिता कासिछ्वा र भावना खरेलको संयुक्त लगानीमा ‘मिल मि’ सञ्चालनमा ल्याइएको हो । प्रबन्धनिर्देशक सापकोटाले ‘मिल मि’ले स्वदेशी तथा विदेशी नागरिकलाई बिहान ७ देखि राति १० बजेसम्म सेवाग्राहीलाई सेवा दिने बताइन् । यहाँ नेपाली, थकाली खाना, नेवारी तथा एसियाका विभिन्न देशका खाना तथा खाजाका साथै अन्य परिकारहरु पाइनेछ । साथै केही समय पनि होम डेलिभरीको समेत व्यवस्था गर्ने निर्देशक सापकोटाले बताइन् ।
बेकरी उत्पादन आफ्नै रहेको ‘मिल मि’मा एक पटकमा ३० जना अटाउने क्षमताको सेमिनार हल र एक सय २० जना ग्राहक अटाउने बताइएको छ । ‘मिल मि’मा २५ जनालाई रोजगारी समेत दिइएको छ । यहाँबाट भएको आम्दानीको दुई प्रतिशत रकम भक्तपुर जिल्लाको सामाजिक सेवाका क्षेत्रमा खर्च गरिने घोषणा गरिएको छ । एक महिनासम्म २० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको प्रबन्धनिर्देशक सापकोटाले जानकारी दिइन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया