Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधपुर्ख्यौली पेसालाई व्यावसायिक बनाउँदै युवाहरू

पुर्ख्यौली पेसालाई व्यावसायिक बनाउँदै युवाहरू


सोलुखुम्बु ।
सोलुखुम्बुका दलित युवाहरू पुख्र्यौली पेसालाई व्यावसायिक बनाउन लागिपरेका छन् । विदेशबाट फर्केर हाल उनीहरू आफ्नै परम्परागत पेसामा रमाउन थालेका हुन् । परम्परागत पेसा भए पनि त्यसलाई युवाहरूले आधुनिक तरिकाले गर्न थालेको बताएका छन् । करिब १२ वर्ष कतार र मलेसियामा बिताएका जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ३ फलामखानीका पदमबहादुर विश्वकर्मा अहिले पुर्ख्यौली  पेसामा रमाइरहेका छन् । लामो समय विदेशमा बिताए पनि गाउँ फर्किएपछि परम्परागत पुर्ख्यौली पेसाको संरक्षणमा जुटेको र यसबाट राम्रो आम्दानी गर्न समेत सफल भएको उनको भनाइ छ ।

आफूले अहिले ओखलढुंगाको रगनीमा धातुसम्बन्धी उद्योग सञ्चालन गरिरहेको भन्दै यो पेसाबाट विदेशको भन्दा दोब्बर आम्दानी गरिरहेको विश्वकर्माले सुनाए । साथै उनले अन्य चार जना युवाहरूलाई समेत रोजगार प्रदान गरिरहेका छन् । विदेशमा जाँदाभन्दा राम्रो कमाइ भएको र केही युवालाई रोजगारी समेत दिन पाउँदा निकै खुशी छन् उनी । ‘आफ्नै देशमा परिवारका साथमा राम्रो कमाइ भएपछि किन विदेश जानु ?’, उनले भने ।

यस्तै कतारमा चार वर्ष बिताएर फर्किएका शुक्रराज घतानी पनि अहिले पुर्ख्यौली पेसामै संलग्न भएका छन् । मासिक २५ हजार रूपैयाँ कमाउन विदेशको तातो घाममा दैनिक १२ घण्टा खट्नुपरेको स्मरण गर्दै अहिले पुर्ख्यौली पेसाबाटै मासिक ५०–६० हजार रूपैयाासम्म आम्दानी हुनेगरेको उनले बताए । धातुजन्य सामग्रीको माग बजारमा बढेको छ । जसबाट मनग्य आम्दानी लिन सकिएको उनको भनाई छ ।

विदेशमा गएर फर्केपछि आफूमा भएको सीपलाई व्यवहारमा उतारेर आम्दानी गरिरहेको उनले सुनाए । आफूसँग भएको सीपलाई प्रयोग गर्न सकेको खण्डमा विदेश जानुपर्ने बाध्यता नहुने १० वर्ष साउदीमा बसेर फर्किएका कृष्णबहादुर विश्वकर्माले बताए । स्वदेशमै परख गरेर परिवारको साथमा रमाइरहेको उनको भनाइ छ । विदेशमा १० वर्षसम्म पसिना बगाए पनि प्रगति गर्न नसकिएको भन्दै उनले त्यसको दोब्बर कमाइ स्वदेशमै गर्न सकिने बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया