उद्योगलाई प्रतिस्पर्धी बनाई रोजगारी वृद्धि गर्न परिसंघको आग्रह
काठमाडौं ।
उत्पादनमूलक उद्योगहरूको क्षमता विकास र प्रतिस्पर्धी बनाई स्वदेशमा नै रोजगारी सृजना गर्न सरकारले सहज वातावरण तयार गर्नुपर्ने नेपाल उद्योग परिसंघले जनाएको छ । परिसंघका पदाधिकार र मुख्यसचिव शंकरदास वैरागीबीच मंगलबार सिंहदरबारमा भएको भेटमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले विभिन्न क्षेत्रका उद्योगहरूले नेपालको कुल ग्राहस्थ्य उत्पादनमा पु-याएको योगदानलाई उजागर गर्दै उत्पादनमूलक उद्योगहरूको क्षमता विकास र प्रतिस्पर्धी बनाई स्वदेशमा नै रोजगारी सिर्जना गर्न नेपाल सरकारले सहज वातावरण तयार गर्नुपर्ने बताए ।
अध्यक्ष मोरले नेपालको युवाशक्तिहरू विदेशमा गएर रोजगारी गर्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्दै विदेशमा रहेका युवाहरूलाई पनि स्वदेशमा नै अवसर प्रदान गर्नको लागि दीर्घकालीन लक्ष्यहरू तय गरी सरकार र निजी क्षेत्र एकैसाथ अगाडि बढ्नुपर्नेमा जोड दिए ।
भेटमा परिसंघको अनुसन्धान इकाइले अध्ययन गरी तयार गरेको नेपालमा उद्योग दर्ताको स्थिति र त्यसबाट भएको रोजगारी सिर्जनाका सम्बन्धमा समेत छलफल भएको थियो । छलफलमा नेपालको अर्थतन्त्रलाई माथि उठाउनको लागि आयात प्रतिस्थापन गरी देशलाई आत्मनिर्भरतातर्फ उन्मुख गराउन सरकार र निजी क्षेत्रको सहकार्यलाई जोड दिइएको थियो ।
मुख्यसचिव वैरागीले नेपालमा कृषि क्षेत्रलाई प्रधानमन्त्रीबाट उच्च प्राथमिकतामा राखेको सन्दर्भ उल्लेख गर्दै कृषि क्षेत्रमा निजी क्षेत्रले रोजगारी सिर्जना गर्नसक्ने बताए । हाल सरकारले कृषि क्षेत्रमा पनि वैदेशिक लगानीलाई खुला गरेकोले यसतर्फ निजी क्षेत्रको ध्यान जानुपर्ने उनको भनाइ थियो । छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव तोयानारायण ज्ञवाली र परिसंघको तर्फबाट वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल र उपाध्यक्ष अनुज अग्रवालको उपस्थिति थियो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया