काठमाडौं ।
मानव बेचबिखनको एउटा गिरोहले नक्कली राहदानी बनाई वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी एक महिलालाई बिक्री गरेको खुलेको छ । वैदेशिक रोजगारीमा आकर्षक तलब पाउने आश्वासन दिएर एक महिलालाई भैरहवा नाकाबाट गोरखपुर हुँदै भारत पु-याएर बिक्री गरेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ ।
उनीहरूले वैदेशिक रोजगारीको बहानामा दुबईमा मासिक ५० हजार रूपैयाँ तलब पाउने आश्वासन दिएर नक्कली भिषा बनाई पीडितबाट एक लाख ५० हजार रूपैयाँ र भारतीय नागरिकबाट भारु तीन लाख ५० हजार लिई बिक्री गरेको ब्युरोका प्रमुख दुर्गा सिंहले जानकारी दिइन् ।
उक्त घटनामा भुपालमान श्रेष्ठ र रमेश खड्कालगायत व्यक्ति संलग्न रहेको आरोपमा श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान थालिएको तथा खड्का भने हाल कारागारमा रहेको पाइएको प्रहरीले जनाएको छ । उनीहरूले दुबईको होटलमा काम गर्न भारतमा थप ११ महिना वेटरको तालिम लिनुपर्छ भनी महिलालाई भारत पु-याएका थिए । श्रेष्ठले रमेश खड्का भन्ने तुलाराम खड्काको जिम्मा लगाई भारतको नयाँदिल्ली पु-याएको अनुसन्धानबाट खुलेको छ । त्यसपछि खड्काले भारतीय र अरबियन मानिसको जिम्मा लगाई भारु तीन लाख ५० हजार बुझेर नेपाल फर्किएका थिए ।
उनीहरूले भारतमा ४५ दिनसम्म बन्धक बनाई चरम शोषण गरेको र दार्जिलिङ बस्ने एक व्यक्तिको सहयोगमा भाग्न सफल भई नेपाल आएर ब्युरोमा महिलाले जाहेरी दिएको प्रहरीले जनाएको छ । उक्त जाहेरीका आधारमा खोजतलास गर्दा खड्का अर्कै अपराधमा केन्द्रीय कारागारमा बन्दी जीवन बिताइरहेको पाइएको प्रहरीले जनाएको छ ।
उनीबाट प्राप्त सूचनाको आधारमा श्रेष्ठलाई काठमाडौँको सामखुशीबाट पक्राउ गरी अनुसन्धान थालिएको र अन्य फरार रहेकाको खोजी जारी रहेको ब्युरोका प्रमुख सिंहले जानकारी दिइन् । उनका अनुसार पछिल्लो समयमा यसरी वैदेशिक रोजगारीको नाममा मानव बेचबिखनको क्रम बढेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया