सोलुखुम्बु ।
मुलुककै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको सोलुखुम्बुको खुम्बु क्षेत्रमा कुकुरको बिगबिगी बढेको छ । तल्लो क्षेत्रबाट जाने आन्तरिक तथा बाह्य पर्यटकको साथमा खुम्बु प्रवेश गर्ने कुकुरको संख्या बढ्न थालेपछि नाम्चे बजारमा समस्या हुन थालेको व्यवसायीहरूले बताएका छन् ।
नाम्चे बजारमा करिब डेढ सयको हाराहारीमा सामुदायिक कुकुर रहेको नाम्चे युवा समूहका अध्यक्ष पाल्देन शेर्पाले बताए । कुकुरले गर्दा बजार क्षेत्रमा फोहर समेत बढ्दै गएको उनले बताए । उनले भने, ‘पर्यटकको साथमा खुम्बु क्षेत्र उक्लने कुकुरले खुम्बुलाई नै बासस्थान बनाउने र नफर्कने समस्याले कुकुर भिड बढेको छ ।
कुकुरको संख्या बढ्दै गएपछि व्यवस्थापन चुनौती थपिएको शेर्पाको भनाइ छ । कुकुरको प्रजननले संख्या बढाउन सहयोग पुगेको र नियन्त्रणमा समस्या उत्पन भएको बताइएको छ । पर्यटकीय सिजनमा कुकुरले खानेकुरा पाउने भए पनि चिसो सिजनमा होटल व्यवसायीहरूले खुम्बु छाड्दा सामुदायिक कुकुरको अवस्था साह्रै नाजुक हुने नाम्चेका समाजसेवी छिमिकाल्देन शेर्पाले बताए ।
बढ्दो मात्रामा रहेको सामुदायिक कुकुरको व्यवस्थापनका लागि नाम्चे युवा समूहले योजना बनाइरहेको अध्यक्ष पाल्देनले बताए । उनले भने, ‘कुकुरको व्यवस्थापन गर्न नसके दुर्घटना निम्त्याउने जोखिम समेत बढेको छ । स्थानीय सरकारको समन्वयमा कुकुर व्यवस्थापन गर्नेगरी समूहमा छलफल चलेको छ ।’ कुकुरको संख्या बाक्लिएपछि नाम्चे पुग्ने पर्यटक र होटल व्यवसायीमा त्रास समेत बढेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया