धावनमार्ग मर्मत नहुँदा काँगेल विमानस्थलमा नियमित उडानमा समस्या
सोलुखुम्बु ।
सोलुखुम्बुको काँगेलडाँडा विमानस्थलको धावनमार्ग मर्मत हुन नसक्दा नियमित उडानमा समस्या देखिएको छ । मर्मतका लागि बजेट अभाव भएको र मर्मत नहुँदा नियमित उडानमा समस्या भएको गाउँपालिका अध्यक्ष असिम राईले बताए । उनका अनुसार विगत ७ वर्षदेखि बन्द रहेको विमानस्थलमा २०७७ मंसिर ३० गते परीक्षण उडान गरिए पनि धावनमार्ग मर्मतका लागि बजेट अभाव हुँदा समस्या आएको छ । लामो समयदेखि बन्द रहेको विमास्थलमा उडान हुने भएपछि खुसी भएका स्थानीय उडानमा समस्या आएको भन्दै उडान नहुदा दुःखी भएका छन् ।
आर्थिक वर्षको बीच भागमा रहेकाले गाउँपालिका र नागरिक उड्यान मन्त्रालयसँग पर्याप्त बजेट नभएपछि थप समस्या भएको अध्यक्ष राईको भनाइ छ । अबको केही दिनमा सम्बन्धित निकायसँग छफछल गरी मर्मत कार्य गरी फागुनको दोस्रो हप्तादेखि नियमित उडान गर्ने गाउँपालिकाको योजना रहेको बताइएको छ । जिल्लाको तल्लो भेगका स्थानीयलाई सहज बनाउने उद्देश्यले तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराइले निरीक्षण गरी नियमित उडान गर्ने बताएका थिए । सोहीअनुरुप मंसिरमा परीक्षण उडानसमेत गरिएको थियो ।
नियमितरुपमा उडान गर्नका लागि गाउँपालिका र नागरिक उड्डयन प्राधिकरणसँग सम्झौतासमेत भएको थियो । सम्झौताअनुसारको सबै काम भए पनि मर्मतका लागि बजेट अभावले केही समस्या भएको बताइएको छ । सरोकारवालासँग छलफल गरी समस्या समाधान गर्ने प्रयासमा आपूmहरु लागिरहेको गाउँपालिका अध्यक्ष असिम राईले बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया