Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधदुई करोड हिनामिना गरेपछि प्राविधिक सहायक ९० दिन निलम्बनमा

दुई करोड हिनामिना गरेपछि प्राविधिक सहायक ९० दिन निलम्बनमा


सिमिकोट ।
दुई करोड रूपैयाँ हिनामिना गरेको आरोपमा हुम्लाको सर्केगाड गाउँपालिकाका प्राविधिक सहायक ९० दिन निलम्बनमा परेका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यले प्राविधिक सहायक (अधिकृत छैटौँ) रुद्रबहादुर शाहीलाई निलम्बन गरेका हुन् ।

शाही गतसाउन देखि कात्तिकसम्म गाउँपालिकामा अनुपस्थित रहेको र उनले गत आर्थिक वर्षमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हुँदा दुई करोड रूपैयाँबराबरको रकम अनियमितता गरेको प्रमुख प्रशासकीय अधिकृत आचार्यले भनाइ छ । निलम्बन नगरेको खण्डमा सरकारी हानिनोक्सानी हुने र आफूविरुद्धको प्रमाण नष्ट गर्ने भन्दै आचार्यले शाहीलाई माघ २९ गते बिहीबारदेखि लागू हुनेगरी निलम्बन गरेका हुन् ।

आचार्यले शाहीलाई कारबाही गर्न नपर्ने कुनै कारण भए सात दिनभित्र प्रमाण पेश गर्न र निलम्बन भएको मितिदेखि कार्यालयमा उपस्थित भई कुनै कार्य नगर्न समेत चेतावनी दिएका छन् । तर सर्केगाड गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहीले भने आफूले सो कार्य नगरेको बताएका छन् ।

यो सबै प्रक्रिया हालका अधिकृत आचार्यले मदिरा सेवन गरेर गाउँपालिकाको लेटरप्याडको दुरूपयोग गरेर आफ्नो मानहानी गरेको शाहीको आरोप छ । उनले भने, ‘अहिले पनि प्रमुख प्रशासकीय अधिकृत आचार्यले दिएको नियुक्तिका अधारमा गाउँपालिकाका सम्पूर्ण काम गरिरहेको छु ।’


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया