डोटी ।
यहाँका विभिन्न ठाउँमा बस्ती विस्तार हुने क्रम तीव्र बढेको छ । कैलालीबाट विपीनगर हुँदै डोटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल जोड्ने द्रुतमार्ग खुलेपछि बस्ती विस्तारमा वृद्धि भएको हो । सुरुआतीका समयमा सुनसान रहेका यहाँका बस्ती अहिले बाक्लिँदै गएका छन् । बस्ती विस्तारसँगै यहाँका विभिन्न क्षेत्रमा बजार विस्तार हुन थालेको छ । बजार विस्तारले घरजग्गाको मूल्य बढेर कारोबार पनि बढ्दै गइरहेको चुरे गाउँपालिका शिवनगरका व्यापारी सुनिल विष्टले जानकारी दिए ।
उनका अनुसार पहिले यहाँ व्यापार खासै थिएन, अहिले द्रुतमार्ग खेलेपछि जग्गा कारोबारदेखि अन्य व्यापार व्यवसाय पनि राम्रो फस्टाएको छ । द्रुतमार्ग खुलेपछि कैलालीको, हाटखोली, शिवनगर, चिम्चे, निगाली, डोटीको विपीनगर, तेलपरा, घोडीलास, खसरे, निरौली, सेरा, खहडालगायतका दर्जनौं स्थानमा बजार विस्तार भएका छन् भने केही ठाउँमा बजार विस्तारको तयारी भइरहेको स्थानीयवासी बताउँछन् ।
यसअघि यी गाउँमा जग्गाको कारोबार खासै नहुने गरेको गड्सेराका स्थानीयवासी लालबहादुर कामीले बताए । उनले भने, ‘बीच खेत भएर द्रुतमार्ग खुलेको छ, अहिले त यहाँ बजार विस्तारका लागि जग्गा किन्नेको हानथाप छ, जग्गा पनि महँगो हुँदै जान थालेको छ ।’ उनका अनुसार सडक आसपास क्षेत्रमा जग्गाको मूल्य आकासिएको छ । सडक बनेपछि ग्रामीण भेग दिनहुँ व्यापारिक केन्द्रमा परिणत हुँदै जान थालेका छन् । यहाँका गाउँका जग्गाको मूल्य सदरमुकाम सरह हुन थालेको छ । यहाँका गाउँको बाटो हुँदैे द्रुत मार्ग पुगेपछि पसल, होटलसँगै व्यापारिक कारोबार बढेको स्थानीयवासीको भनाइ छ ।
डोटीका ग्रामीण क्षेत्र व्यापारिक केन्द्र बन्न थालेपछि स्थानीयवासीको जीवनस्तरमा परिवर्तन हुन थालेको उद्योग वाणिज्य संघका अध्यक्ष मोहनबहादुर कलेलले जानकारी दिए । उनका अनुसार द्रुत मार्ग खुलेपछि यहाँका ग्रामीण क्षेत्र व्यापारी केन्द्र बन्न थालेका छन्, आवश्यक पर्ने सामग्री गाउँमै पाइन थालेपछि ग्रामीण क्षेत्रका नागरिक सदरमुकाम आउन करिब–करिब बन्द भएका छन् । यहाँका विपीनगर, खसरे, निगाली तथा शिवनगर क्षेत्रमा ठूला–ठूला पसल तथा होटेल निर्माण भई सञ्चालनमा समेत आउन थालेको स्थानीयवासी बताउँछन् ।
पछिल्लो समय ती स्थानमा घरजग्गाको मूल्य अकासिएको छ । द्रुतमार्गले छोएका सडक आसपासमा धमाधम घरघडेरी निर्माण भइरहेका छन् । यहाँको विपीनगर तथा शिवनगर क्षेत्रमा विगतमा दुई लाखमा पाइने घडेरी दुई वर्षयता तीन गुणाले बढेको स्थानीयवासी बताउँछन् । गाउँका जग्गा सस्तोमा बेचेर सहरी क्षेत्रमा गएका समेत द्रुतमार्ग खुलेपछि पुनः गाउँ फर्कन थालेको बडीकेदार गाउँपालिका–१ विपीनगरका स्थानीय रोजबहादुर कँलेलले बताए ।
उनले भने, ‘विगतमा गाउँमा सेवा सुविधा नभएको भन्दै तराई झरेका पनि अहिले द्रुतमार्ग खुलेपछि गाउँ फर्किन थालेका छन्, द्रुतमार्गले चहलपहल बढाएको छ ।’ सदरमुकामका प्रतिष्ठित व्यापारीले समेत यहाँका विपीनगर तथा शिवनगर क्षेत्रमा लगानी गर्न थालेको बताइएको छ । हावापानी अनुकूल हुनु र गाउँमै यातायात पहुँच पुगेपछि लगानी भित्रिन थालेको स्थानीयवासीको बुझाइ छ । यही कारण पसल, होटेल तथा कृषि फर्म गाउँमै खुल्न थालेको उनीहरू बताउँदछन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया