Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबेलडाँडीका भूमिहीनलाई लालपुर्जा वितरणको प्रक्रिया सुरु

बेलडाँडीका भूमिहीनलाई लालपुर्जा वितरणको प्रक्रिया सुरु


कञ्चनपुर ।
कञ्चनपुरको बेलडाँडीमा रहेका भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्नको लागि प्रक्रिया सुरु गरिएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगमार्फत बेलडाँडी गाउँपालिकामा भूमिहीन नागरिकको लागत संकलन कार्य सुरु गरिएको हो । बेलडाँडी गाउँपालिकाले पाँचै वडामार्फत भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीको लगत संकलन कार्यमा कर्मचारी खटाएको छ ।

बेलडाँडी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त भट्टले भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीको हकमा छुट्टाछुट्टै फारम भरिने कार्य भईरहेको बताए । उनका अनुसार २ नम्बर वडामा ४ र अन्य वडाहरुमा ३ जनाका दरले गणक खटिएका छन  । गाउँपालिकाका पाँचै वडाबाट काम भईरहेको र कुनै विवाद आएमा पालिका र वडास्तरबाटै समाधान गरिने उनले बताए । बेलडाँडी गाउँपालिका प्रवक्ता अम्मरबहादुर खत्रीले वर्तमान आयोगमार्फत भूमिहीन सुकुमबासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको समस्या समाधान भए पनि आरक्षपीडितको समस्या समाधानको लागि भने छुट्टै आयोग गठन हुनुपर्नेमा जोड दिए ।

बेलडाँडी गाउँपालिका प्रमुख धनबहादुर थापाले वडा अध्यक्ष एवं जनप्रतिनिधिलाई घर–घरमा पुगेर लगत संकलनमा खटिन आह्वान गरेका छन् । अध्यक्ष थापाले जनताको आश्वकता र जनप्रतिनिधिको चाहनाअनुरुप बेलडाँडीका जमिनविहीन सुकुमबासी, भूमिहीन दलित जमिनका मालिक बन्ने र अव्यवस्थित बसोबासी जो जमिन भएर पनि लालपुर्जा नपाएका उनीहरुलाई लालपुर्जाको मालिक बनाइने बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया