Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसामुदायिक होमस्टे नेटवर्कलाई अन्तर्राष्ट्रिय पुरस्कार

सामुदायिक होमस्टे नेटवर्कलाई अन्तर्राष्ट्रिय पुरस्कार


काठमाडौं ।
संयुक्त राष्ट्रसंघ विश्व पर्यटन संगठनद्वारा आयोजित पर्यटन रुपान्तरणका लागि ‘ग्लोबल स्टार्टअप’ प्रतियोगितामा नेपालको सामुदायिक घरबास कार्यक्रम ‘होमस्टे’ (कम्युनिटी होमस्टे नेटवर्क) विजयी भएको छ । प्रतियोगिताअन्तर्गत दिगो विकास लक्ष्य (एसडीजी)को आठ लक्ष्यमध्ये ‘राम्रो काम र आर्थिक वृद्धि’ विधाको विजेताका रुपमा नेपालको सामुदायिक होमस्टे नेटवर्क सम्मानित भएको हो ।

संयुक्त राष्ट्रसंघ इन्नोभेसन नेटवर्कले समर्थन गरेको यस प्रतियोगितामा करिब १० हजार प्रारम्भिक प्रस्ताव सहभागी थिए । उनीहरुमध्येबाट विश्व पर्यटन क्षेत्रमा विविध प्रतिभाको क्षमता उजागर गर्दै एसडीजीमा योगदान पु-याउने १८ देशका २५ विजेता निर्णायक मण्डलले छनोट गरेका हुन् । विश्व पर्यटन क्षेत्रका विज्ञ नेता मिलेर बनेको निर्णयकमण्डलले स्थार्टअपहरुको एसडीजी विशेष लक्ष्यमा योगदान पु-याउने सम्भाव्यता, उनीहरुको ‘स्केल अप’ गर्ने क्षमता, ‘प्रोडक्ट’ र यसको व्यवस्थापन टोली दुवैको परिपक्कताका आधारमा मूल्यांकन गरेका छन् ।

एसडीजीको प्रगतिका लागि विशेष महत्व र योगदान दिनसक्ने २५ वटा विश्वव्यापी विजेतामध्ये अमेरिकाले नौ प्रतिस्पर्धी विजेतासँग प्रस्ताव पेश गर्ने क्रममा अग्रणी स्थान प्राप्त गरेको छ भने युरोपले आठ विजेता, एसिया र प्रशान्त क्षेत्रबाट छ विजेता तथा अफ्रिका र मध्यपूर्वी क्षेत्रबाट एक/एक विजेता बनेका छन् । सामुदायिक होमस्टे नेटवर्क (सीएचएन)का संस्थापक शिवप्रसाद ढकालले समुदायमा आधारित पर्यटन नेपालको अथाह पर्यटन आयामलाई उजागर गर्न पुरस्कारले प्रेरणा प्रदान गरेको बताए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया