Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधप्रदेश २ सरकारको पहिलो पञ्चवर्षीय योजना : आर्थिक वृद्धिदर ११ प्रतिशत पु-याउने लक्ष्य

प्रदेश २ सरकारको पहिलो पञ्चवर्षीय योजना : आर्थिक वृद्धिदर ११ प्रतिशत पु-याउने लक्ष्य


जनकपुरधाम, पुस २४
प्रदेश नम्बर २ को सरकारले पहिलो पञ्चवर्षीय आवधिक योजनाको आधारपत्र २०७६ सार्वजनिक गरेको छ । बुधबार मुख्यमन्त्री लालबाबु राउतले पहिलो पञ्चवर्षीय आवधिक योजना सार्वजनिक गरेका हुन् । मुख्यमन्त्री राउतले आवधिक योजनाको आधारपत्रलाई टेकेर योजनाहरू ल्याउने प्रतिबद्धता व्यक्त गरे । प्रदेश नीति आयोगका अध्यक्षसमेत रहेका मुख्यमन्त्री राउतले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि आवधिक योजनाको आधारपत्रलाई टेकेर योजनाहरू समावेश गर्ने बताए ।

नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले आउँदो पाँच वर्षपछि प्रादेशिक आर्थिक वृद्धिदर ११ प्रतिशत पु-याउने लक्ष्य प्रदेश सरकारको रहेको बताए । प्रदेश नम्बर २ को आर्थिक वृद्धि दर छ दशमलव ५३ बाट आउँदो ५ वर्षमा ११ प्रतिशत पुग्ने लक्ष्य हासिल गर्ने उद्देश्य रहेको उनले बताए । प्रदेश सरकारले २७ दशमलव सात प्रतिशत रहेको गरिबी दर घटाएर २१ प्रतिशतमा झार्ने लक्ष्य लिएको छ ।

प्रदेशको कुल गार्हस्थ्य उत्पादन चार सय ८८ अर्बबाट छ सय अर्ब पु-याउने लक्ष्य लिएको उपाध्यक्ष डा. झाले बताए । आगामी ५ वर्षमा प्रदेशको प्रतिव्यक्ति आय एक हजार अमेरिकी डलर पु-याउने लक्ष्य प्रदेश सरकारले लिएको छ । पत्रकार सम्मेलनमा प्रमुख सचिव रामकृष्ण सुवेदी, मुख्यन्यायाधिवक्ता दिपेन्द्र झालगायतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x