काठमाडौं ।
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी तेज बहादुर खड्का पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)की प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार चितवन रत्ननगर नगरपालिका वडा नं. १३ दयानगर भई हाल ललितपुर महानगरपालिकाको तिखिदेवल वडा नम्बर १४ बस्दै आएका ४४ वर्षीय खड्कालाई मंगलबार तिखिदेवलबाट पक्राउ गरिएको हो ।
‘पक्राउ परेका खड्काउपर उच्च अदालत पाटनको २०७६ असार २३ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा पाँच दिन कैद र २१ लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो । उक्त सजाय बेरुजु रही फरार रहेका खड्कालाई केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले ललितपुर तिखिदेवलमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो’, प्रवक्ता पन्तले भनिन् ।
खड्काले २०७५ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी झुक्यानमा पारी आफैँले सञ्चालन गर्ने सफायर ट्रेडिङ कम्पनी प्रालि महालक्ष्मीस्थान, ललितपुरको नामबाट सञ्चालित सिभिल बैंक लिमिटेड, शाखा कार्यालय जावलाखेलको खाताबाट भुक्तान हुने गरी विभिन्न मितिका चेकहरू काटी पीडितलाई दिएर बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट उक्त सजाय हुने गरी फैसला भएको थियो । उनीविरुद्ध अन्जनी नन्दन मारुको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी तेज बहादुर खड्का भएको बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले कैद तथा नगद जरिवानाको फैसला
गरेको थियो ।
प्रवक्ता पन्तका अनुसार पक्राउ परेका खड्कालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत चितवनमा पेश गरिएको छ । उनीविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसुरमा दफा १५(१) बमोजिम उल्लिखित सजाय हुने गरी फैसला भएको सीआईबीको भनाइ छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया