मिर्गौलापीडित भूमिसरालाई अमेरिका बस्ने नेपालीको सहयोग
काठमाडौं ।
रोल्पा माडी गाउँपालिका ६ निवासी विगत लामो समयदेखि दुवै मिर्गौलाले काम गर्न छाडेर उपचार गराइरहेकी भूमिसरा घर्ती मगरको उपचारमा सहयोग गर्न अमेरिका बस्ने नेपालीहरूले सहयोग गरेका छन् ।
अमेरिकाको टेक्सासमा बस्दै आएका नेपाली कमल थापा, यासिका बाँठा र इन्द्रेणी कल्चर एसोसिएसनको पहलमा संकलित ७९ हजार आठ सय ९० रूपैयाँ बिरामी भूमिसरालाई हस्तान्तरण गरिएको हो । गायत्री नेसनल हस्पिटल घोराहीमा उपचाररत भूमिसरालाई सोही ठाउँमा पुगेर उक्त रकम हस्तान्तरण गरिएको थियो । दुवै मिर्गौलाले काम गर्न नसकेपछि विगत लामो समयदेखि भूमिसराले प्राकृतिक उपचार गर्दै आएकी छिन् ।
कमजोर आर्थिक अवस्था भएका कारण निरन्तर उपचार गर्न समस्या भएकाले उपचारमा सहयोग गर्न बिरामी भूमिसराले अनुरोध समेत गरेकी छिन् । उनले भनिन, ‘नियमित उपचारका कारण मैले आर्थिक अभाव झेल्नु परिरहेको छ। यहाँहरूको सहयोगले उपचारमा केही सहज हुने नै छ। साथै थप उपचारका निम्ति थप सहयोग आवश्यक पर्ने भएकोले सहयोग गरिदिनुहुन अनुरोध गर्दछु ।’
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया