एफसी चितवनद्वारा प्रशिक्षक केसी र मार्की खेलाडी खवाससँग सम्झौता
काठमाडौं ।
नेपाली फुटबलको इतिहासमै पहिलोपटक अक्सनमा आधारित फ्रेन्चाइज नेपाल सुपर लिग (एनएसएल) अर्को महिनाबाट सुरू हुँदै छ । अन्तर्राष्ट्रियस्तरमा अभ्यास हुँदै आए पनि यस्तो प्रकृतिको खेलकुद प्रतियोगिता नेपालमा पहिलोपटक गर्न लागिएको हो । प्रतिष्ठित व्यावसायिक घरानाहरूले विभिन्न प्रतिस्पर्धी टिमहरूको स्वामित्व ग्रहण गर्न थालेपछि यो प्रतियोगिता झन् बढी प्रतिस्पर्धात्मक एवम् रोमाञ्चकारी हुने देखिएको छ ।
यसैक्रममा आसन्न प्रतियोगितामा आईएमई ग्रुपअन्तर्गत सञ्चालित गेम अन प्रालिले एफसी चितवन टिमको स्वामित्व ग्रहण गर्ने भएको छ । हालै राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच उक्त कुरा सार्वजनिक गरिएको थियो । पानीपोखरीस्थित आईएमई ग्रुपको केन्द्रीय कार्यालयमा गत बुधबार आयोजित एक विशेष कार्यक्रमका बीच सो सम्बन्धित सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।
सम्झौतापत्रमा आईएमई ग्रुपको तर्फबाट गेम अन प्रालिका प्रबन्धनिर्देशक सचिन ढकाल र मुख्य प्रशिक्षक मेघराज केसी, सहायक प्रशिक्षक शैलेश कर्माचार्य र मार्की प्लेयर राष्ट्रिय टिमका स्ट्राइकर भरत खवासले हस्ताक्षर गरे । कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रबन्धनिर्देशक हेमराज ढकाल, एफसी चितवनका हेड कोच मेघराज केसी, एसिस्टेन्ट कोच शैलेश महर्जन र मार्की प्लेयर भरत खवास एवम् आईएमई ग्रुपमा कार्यरत उच्च पदस्थ कर्मचारीहरुको सहभागिता थियो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया