पर्यटन र लघु उद्योग क्षेत्र उकास्ने विशेष कार्यक्रम ल्याउन सुझाव
काठमाडौं ।
कोभिड १९ ले आक्रान्त पर्यटन र साना तथा लघु उद्योग क्षेत्र उकास्ने विशेष कार्यक्रम ल्याउन उद्योगी तथा व्यवसायीहरुले सरकारलाई सुझाव दिएका छन् । यसैगरी हालको कर प्रणालीलाई वैज्ञानिक बनाउन तथा उद्योग व्यवसायीलाई सम्मानपूर्ण दृष्टिले हेर्ने वातावरण निर्माणका लागि आवश्यक नीति बनाउनुपर्ने उनीहरुको सुझाव छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार आयोजना गरको उद्योग व्यवसायीसँगको छलफल एवं अन्तक्र्रिया कार्यक्रममा उनीहरुले औद्योगिक क्षेत्रहरुमा बाटो र बिजुलीलगायतका पूर्वाधारको व्यवस्था गर्न पनि सुझाव दिएका थिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ र माडवारी संघलगायतका उद्योग व्यवसायसँग सम्बन्धित संघ संस्थाका प्रतिनिधिहरुले उद्योग व्यवसाय कार्यमा बाधा पारिरहेका कानुनहरुको संशोधन गर्न आग्रह गरेका थिए ।
व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले व्यवसाय सञ्चालनमा आइपरेका कानुनी, प्रशासनिक र नीतिगत अप्ठ्याराबारे सरकारसँग खुुलस्त कुरा राख्न उद्योगी र व्यवसायीहरुलाई आग्रह गरेका थिए । ‘कुन कानुनको कुन दफाअन्तर्गतको कुन प्रावधानले तपाईंहरुलाई अप्ठ्यारो र त्यो सच्याउँदा के लाभ हुन्छ, लिखित रुपमा ल्याउनुस्, सरकारले आवश्यक कार्य गर्छ’, उनको भनाइ थियो । उनले उद्योग व्यवसाय क्षेत्रको हितका लागि कानुन सुधार गर्न संसद् अधिवेशन नबसेको अवस्थामा अध्यादेश ल्याउन समेत आफू तयार रहेको विश्वास दिलाएका थिए । उनले देशको आर्थिक परिचय फेर्ने योजनाका साथ सरकार अघि बढिरहेकोले व्यवसायीहरुको भावनालाई कदर गरिने दाबी गरे ।
उद्योगी व्यवसायीलाई उत्पादन र निर्यातमूलक व्यवसायतर्फ लाग्न समेत उनले आग्रह गरे । ‘ठूलो परिमाणमा उत्पादन, गुणस्तरीयता, प्रतिस्पर्धात्मक मूल्य र समयमै उपलब्धतामार्फत दुईतिरका छिमेकमा रहेको ठूलो बजार पाउन सक्छौँ’, उनले भने । सरकार लक्ष्य निर्धारण गरेर अघि बढिरहेको बताउँदै उनले सबै नागरिकका जैविक र मानवीय आवश्यकता पूरा गर्नेतर्फ सरकार अघि बढिरहेको समेत बताए । एउटा क्षेत्रमात्र नभई समग्र क्षेत्रको उन्नतिका लागि अघि बढ्न खोजिएको उनको भनाइ थियो । ‘कोही पनि पछाडि पर्नुहुन्न र पछाडि पारिनुहुन्न भन्ने धारणा सरकारको छ’, उनले भने ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया