काठमाडौं ।
लुम्बिनी प्रदेशस्तरीय टिन लिडर २०७७ सिजन २ को बुटवल अडिसन सम्पन्न भएको छ । प्रदेशभरका आठ जिल्लाका एक सय जना प्रतिस्पर्धीहरु सहभागी सो अडिसनबाट फाइनल प्रतिस्पर्धाको लागि १५ जना टिन लिडरहरु छनौट भएका छन् । निर्णायकहरु डिल्ली नारायण पाण्डे, उपप्राडा तिलक भुसाल, तथा उपप्रा जुलन गैरेले प्रतिस्पर्धीहरुलाई विभिन्न चार चरणका प्रतिपर्स्धाबाट छनौट गरेका हुन् ।
कार्यक्रममा निर्णायकमण्डलका संयोजक डिल्ली नारायण पाण्डेले प्रतिस्पर्धीहरुलाई मूल्याङ्कनका विभिन्न मापदण्डबारे जानकारी गराएका थिए । आयोजक संस्था इन्टेलेक्ट एजुकेसन इन्स्टिच्युसन बुटवलका अध्यक्ष दिपक रोकाको अध्यक्षता शनिबार उक्त अडिसन कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका संयोजक मदन प्रसाद पन्थीले अडिसनबाट छानिएका १५ जनालाई सात दिने निःशुल्क तालिम तथा तत्पश्चात् उनीहरुलाई ग्रान्ड फिनालेमा समावेश गराइने जानकारी गराए । चैत २१ गते सम्पन्न हुने ग्रान्ड फिनालेको टेलिभिजनलगायतका सञ्चारमाध्यममा प्रत्यक्ष प्रसारण हुने तथा विजेताले ५१ हजार नगदसहित पुरस्कृत हुने तथा फाइनल प्रतियोगिताको मुख्य निर्णायकमा दिनेश डिसी रहने संयोजकले बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया