Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधमहाकाली नदीमा -याफ्टिङ

महाकाली नदीमा -याफ्टिङ


कञ्चनपुर ।
महाकाली नदीमा (साहसिक जलयात्रा) -याप्टिङ्ग सञ्चालन गरिएको छ । कञ्चनपुरको उत्तरी चुरेस्थित भीमदत्त नगरपालिकाले वडा नम्बर ९ मा रहेकोको मुसेट्टीदेखि सन्तनगर खल्लासम्म १० किलोमिटर नदीमा सफल रुपमा -याप्टिङ्ग सञ्चालन गरिएको हो । सो क्षेत्रमा -याफ्टिङका लागि उपयुक्त देखिएको नगरपालिकाको भनाइ छ ।

भीमदत्त नगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष कर्ण बहादुर चन्दले पानीको बहुउपयोग गर्नका लागि नगरपालिकाले जलयात्रा गरेको बताए । ‘हामीले पर्यटन विकासका लागि सो क्षेत्रको साइलेन्ट रिभर रोजेका हौँ’, उपाध्यक्ष चन्दले भने, ‘अहिलेको सफल परीक्षणपछि सरकारी निजी क्षेत्रले नियमित जलयात्रा सञ्चालन गर्नुपर्छ ।’ उनले सो क्षेत्रलाई प्राकृतिक पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा जोड दिए ।

नगरपालिका ९ का वडाध्यक्ष रामनाथले धार्मिक प्राकृतिक रुपमा महत्वपूर्ण रहेको पर्यटकीय क्षेत्रको विकासका लागि स्थानीय सरकारले आग्रसर हुनुपर्ने बताए । ‘यो एक धार्मिक ऐतिहासिक पर्यटकीय क्षेत्र नै हौँ’, उनले भने, ‘पारि भारतमा पूर्णागिरि मन्दिर वारि नेपालमा सिद्धनाथ मन्दिर छ ।’ कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंग बहादुर मल्लले पर्यटन विकासका लागि निजी क्षेत्र हातेमालो गर्न तयार रहेको बताए । कर्णाली -याफ्टिङ्ग एण्ड एडभेन्चर प्रालिका सञ्चालक देवराज जैसीले महाकाली नदीमा जलयात्रा सम्भव रहेको बताए ।

भीमदत्त नगरप्रमुख सुरेन्द्र विष्टले उत्तरी चुरे महाकाली नदीको बहुउपयोग सम्भावना पहिचान गरेर तीन/चार पटक -याप्टिङ्ग गरेको बताए । उनले जलयात्रा सञ्चालनको लागि निजी क्षेत्रलाई आह्वान समेत गरे । उनले महाकाली नदीपारि भारतको उत्तराखण्ड प्रदेशमा पूर्णागिरि मन्दिर र वारि नेपाल सुदूरपश्चिम प्रदेशका सिद्धनाथ मन्दिरबीच क्षेत्रमा नदी सुनसान, साइलेन्ट बग्ने काम पनि ऐतिहासिक धार्मिक रहेको बताए । विष्टले जलयात्राको सम्भावना देखेर नगरपालिकाले महाकाली तटीय क्षेत्रका १० जना स्थानीय युवालाई तालिम लिएको बताए । विष्टले -याफ्टिङ खरिदका लागि अनुदान दिने समेत बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया