कर्णाली ।
रानीघाटमा भेरी नदीमाथि बन्न लागेको पक्की पुल आठ वर्षदेखि अलपत्र परेको छ । सडक विभाग डिभिजन कार्यालय सुर्खेत र ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण पुनः डिजाइन समयमै नहुँदा निर्माणकार्य अलपत्र परेको हो । बर्दियालाई सुर्खेतसँग जोड्न छोटो दूरी मानिएको रानीघाट खण्डमा विसं २०६९ देखि पुल निर्माण सुरु गरिएको थियो ।
ठेकेदार कम्पनी पप्पु/मल्ल जेभी कन्स्ट्रक्सनले प्राविधिक समस्या देखाउँदै लामो समय पुल निर्माण कार्य अलपत्र छाडेको स्थानीयवासीको गुनासो छ । ‘यदि प्राविधिक समस्या हो भने समयमै समाधानको पहल गर्नुपर्थ्यो’, सुर्खेत बराहताल गाउँपालिका हरिहरपुरका लालबहादुर थापाले भने, ‘सडक विभाग र ठेकेदारले गर्दा पुल निर्माण अलपत्र पारियो ।’ आफूहरुले पटक–पटक जिल्ला प्रशासन सरोकारवाला निकायलाई ज्ञापनपत्र बुझाउँदा सडक डिभिजन कार्यालय सुर्खेतले सुनुवाइ नगरेको उनले बताए ।
हरिहरपुरकै अर्का स्थानीय गगन वलीले पुल नबन्दा वीरेन्द्रनगर आउन पनि कठिन भएको र झोलुङे पुल खोज्न दुई घण्टाको बाटो हिँड्नुपर्ने बाध्यता सुनाए । पक्की पुल नहुँदा सुर्खेत–बर्दिया सडक स्तरोन्नति हुन सकेको छैन । त्यसले गर्दा सुर्खेतदेखि बर्दिया जान रत्न राजमार्ग हुँदै जानुपर्ने बाध्यता छ । पप्पु/मल्ल जेभी कन्स्ट्रक्सनले तीन वर्षमा सो पुल निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौता थियो । आठ वर्ष बितिसक्दा बल्ल पुनः डिजाइनको काम थालिएको छ । कम्पनीले निजी कन्सल्टेन्टमार्फत उक्त पुलको पुनः डिजाइनको काम थालिरहेको छ ।
सडक डिभिजन कार्यालय सुर्खेतका इञ्जिनियर तुलाराम शर्माले ठेकेदारले १० दिनभित्र डिजाइन पेस गर्ने प्रतिबद्धता जनाएको बताए । ठेकेदारले पेस गरेको डिजाइन सडक विभागको पुल महाशाखामा पठाएपछि मात्र निर्माण कार्यअघि बढ्ने उनको भनाइ छ । पिलरको सम्भावित जगमुनि दुई स्थानमा कडाखाले चट्टान भेटिएपछि पुनः डिजाइन बनाउनुपरेको जनाउँदै इञ्जिनियर शर्माले भने, ‘विभागले ठेकेदारले प्रस्ताव गरेको डिजाइन स्वीकृत गरेपछि मात्र निर्माणको प्रक्रिया सुरु हुन्छ ।’
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया