Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधफागु पर्वमा कालिञ्चोकमा पर्यटक घुइँचो

फागु पर्वमा कालिञ्चोकमा पर्यटक घुइँचो


दोलखा ।
फागु पूर्णिमा पर्वको अवसरमा दोलखाको धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोकमा आइतबार पर्यटकले भरिएको छ । लगातार दुई दिन परेको सार्वजनिक विदा तथा फागुपर्व मनाउन आउने आन्तरिक पर्यटकले कालिञ्चोकमा पर्यटकको घुइँचो लागेको हो । शनिबार बिहानदेखि नै कुरी बजारका सबै होटल बुक भइसकेका थिए ।

कोरोना तथा सिजनमा हिमपात नहुँदा सुनसान बनेको कुरी बजार एकै दिन खचाखच देखिएको कुरी बजार होटल व्यवसायी नवराज तामाङले बताए । तामाङ अनुसार फागु पूर्णिमा पर्वको अवसरमा करिब १० हजार आन्तरिक पर्यटकले कालिञ्चोकमा दर्शन गरेका छन् । होटलले भरिएको कुरी बजारमा दुई दिनको अवधिमा ६५ वटा बोलेरो जिप, १७ वटा रिजभ बस, ३७ वटा सुमो, एक सयको हाराहारीमा मोटरसाइकल लिएर आन्तरिक पर्यटक कुरी पुगेको पाइएको छ । दुई दिनको अवधिमा पाँच हजारभन्दा माथिले केबलकार चढेर कालिञ्चो भगवतीको दर्शन गरेका छन् भने ४५ सयभन्दा बढीले पैदल हिँडेर दर्शन गरेको कालिञ्चोक केबलकार प्रालिले जनाएको छ ।

शनिबार घण्टौँ कुरेर पनि केबलकार चढ्ने टिकट पाउन नसकेको सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका प्रमुख इन्जिनियर नवराज गिरिले बताए । उनले ९ बजेदेखि टिकट लिनकै लागि साँढे दुई घण्टा लाइन बस्दा पनि पालो नआएपछि पैदल हिँडेर दर्शन गरेको बताए । शनिबार साँझ ७ बजेसम्म करिब २५ सय जनाले केबलकार चढेर मन्दिरमा दर्शन गरेका थिए । कुरी बजारमा रहेका करिब ६० वटा होटका सयौँ रुम पर्यटकले भरिएका थिए ।

आइतबार बिहानदेखि नै पैदल हिँडेर दर्शन गर्न जाने र दर्शन गरेर फर्किने पर्यटकको ओहोरदोहोरले भीडभाड बढेको थियो । त्यसैगरी कालिञ्चोक दर्शन गरेपछि भीमेश्वर मन्दिर दर्शन गर्न जाने दर्शनार्थीहरुको भीडले दिनभर भीमेश्वर मन्दिरमा पनि फागुपर्वमा भक्तजनको बाक्लो भीड लागेको थियो । भगवतीको दर्शनपछि भीमसेनको दर्शन गर्नुपर्ने विश्वासले गर्दा पनि भीमेश्वर मन्दिरमा आइतबार भक्तजन बढेका हुन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया