स्वास्थ्य बीमाको तयारीमा जुट्दै दोलखाका स्थानीय तह
काठमाडौं ।
दोलखाका नौवटै स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिने भएको छ । सरकारले ७७ वटा जिल्लाका सबै स्थानीय तह तथा वडामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेसँगै दोलखाका स्थानीय तहहरू अहिले बीमा कार्यक्रमको तयारीमा जुटेका छन् ।
जिल्लामा चैत २५ गतेदेखि प्रत्येक स्थानीय तहका वडा–वडामा बीमा कार्यक्रम लैजाने तयारी भइरहेको छ । दुई नगरपालिका र सात गाउँपालिका गरी नौवटै स्थानीय तहका ७४ वटा वडामा स्वास्थ्य बीमा कार्यक्रम लागू हुने जिल्ला स्वस्थ कार्यालय दोलखाले जनाएको छ । सरकारको निर्णयअनुसार बीमा कार्यालय स्थानीय तहका टोल–टोलमा पु¥याउने लक्ष्य राखेको बैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले बताए । गाउँमा स्वास्थ्य बिमा गर्दा हुने फाइदा तथा बीमा नगर्दा हुने घाटासम्बन्धी चेतना फैलाउन सहजकर्ता राख्न लागिएको उनले बताए । बैतेश्वर गाउँपालिकाले स्वस्थ्य बीमा कार्यक्रमको लागि बीमा सहजकर्ता तथा दर्ता सहयोगकर्ताको रूपमा छनोट गर्न लागेको हो ।
गाउँपालिका स्वस्थ शाखाका प्रमुख बाबुलाल तामाङले आठवटा वडा रहेको गाउँपालिकाले प्रत्येक वडामा एक जना तालिमप्राप्त सहयोगी दर्ता कर्ता राख्ने तयारी गरेको बताए । स्वास्थ्य बीमाको लागि गाउँपालिकाले अभिमुखीकरण कार्यक्रम समेत गरेको उनले जानकारी दिए । बैतेश्वर गाउँपालिकाले सोमबार स्वस्थ्य बीमासम्बन्धी कार्यक्रम लागू गर्न बीमासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिसकेको छ । नेपाल सरकार स्वास्थ्य बीमा बोर्ड, टेकु र बैतेश्वर गाउँपालिकाको संयुक्त आयोजनामा स्वास्थ्य बीमा कार्यक्रममा आधारित अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधिहरू र शाखाप्रमुखहरू, स्वास्थ्य चौकी इन्चार्जहरू, वडा सचिवलगायत सहभागी थिए । ‘तपाईंको स्वास्थ्य, हाम्रो अठोट’ भन्ने मूल नाराका साथ २०७२ साल चैत २५ गते सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम हाल नेपालका ६९ जिल्लामा सञ्चालन भएको छ । आठ जिल्ला बाँकी रहेकोमा काठमाडौँ र ललितपुरबाहेक दोलखा जिल्लासहित छ जिल्लामा यही चैत २५ गतेबाट स्वास्थ्य बीमा कार्यक्रम लागू हुँदै छ । स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुन चाहनेले पाँच जना सदस्यसहितको परिवारले बीमा शुल्कबापत प्रत्येक वर्ष तीन हजार पाँच सय रूपैयाँका दरले शुल्क बुझाउनुपर्ने छ ।
त्यस्तै अतिरिक्त सदस्यले सात सय रूपैयाँका दरले शुल्क बुझाउनुपर्ने छ । बीमा परिचयपत्रको आधारमा बीमाका सदस्यहरूले तोकेको कुनै पनि अस्पतालबाट वार्षिक २० हजारदेखि दुई लाख रूपैयाँसम्मको अस्पताल भर्ना, ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, औषधि, फार्मेसी परामर्शलगायतका उपचार सेवा प्राप्त गर्न सक्नेछन् । त्यसैगरी जिल्लाका अन्य स्थानीय तहले पनि २५ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्ने तयारी भइरहेको बताएका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया