महासंघका पदाधिकारी र जेटीयूसीसी प्रतिनिधिमण्डलबीच भेटवार्ता
काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छासहित महासंघका पदाधिकारीहरू र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी)का अध्यक्ष जगत सिम्खडाको नेतृत्वको प्रतिनिधिमण्डलबीच महासंघ सचिवालयमा भेटवार्ता भएको छ ।
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्ष दिनेश श्रेष्ठ, रोजगारदाता परिषदका सभापति एवं उपाध्यक्ष रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचन सहभागी रहेको उक्त भेटवार्तामा कोभिड महाव्याधिका कारण मुलुकको उद्योग व्यवसायलगायत श्रमबजारमा पर्न गएको समस्या, अप्ठ्यारो समयमा श्रमिक कामदार कर्मचारीहरूबाट पाएको सहयोगका विषयमा छलफल भएको थियो ।
सोही अवसरमा (जेटीयूसीसी)का तर्फबाट रोजगारदाताहरूको संस्था नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छालाई न्यूनतम पारिश्रमिक कार्यान्वयनको आग्रहसहित ज्ञापनपत्र समेत बुझाइएको थियो । सो अवसरमा महासंघका अध्यक्ष गोल्छाले उद्योग व्यवसायमा कोभिडको असर अझै रहेको र पर्यटन, होटललगायत केही उद्योगहरू अझै तंग्रिन नसकेको बताए ।
मुलुकभित्र श्रम सम्बन्धलाई अझ सुमधुर बनाउन महासंघ क्रियाशील रहेको उनको भनाइ थियो । अध्यक्ष गोल्छाले लकडाउनका समयमा महासंघले जेटीयूसीसीसँग नजिकमा रहेर काम गरेको प्रसंग उल्लेख गर्दै मुलुकभित्र श्रम सम्बन्धलाई थप मजबुत बनाउन महासंघ र जेटीयूसीसीबीचको सहकार्यमा जोड दिए ।
अध्यक्ष गोल्छाले अबको एक दशकभित्र मुलुकको अर्थतन्त्र एक सय अर्ब डलरको बनाउने र करिब २३ लाख थप रोजगारी सृजना गर्ने लक्ष्यका साथ महासंघले भिजन पेपरमा काम गरिरहेको स्पष्ट पार्दै महासंघको यस लक्ष्यलाई पूरा गर्ने दिशामा सम्पूर्ण कामदार कर्मचारीहरूको पनि उत्तिकै सहयोग महासंघले खोजेको बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया