दोलखा ।
आफ्नै लगानीमा गाउँपालिकाभित्रको सडक कालोपत्रे गरिरहेको वैतेश्वर गाउँपालिकाले सडक सगसँगै गाउँघरका गोरेटो बाटो समेत पक्की निर्माण गर्न सुरु गरेको छ । वैतेश्वर गाउँपालिकाले वडा नम्बर २ सानिटारमा चार सय मिटर पक्की गोरेटो बाटो निर्माण सुरु गरेको हो ।
तामाङ समुदायको बाक्लो बसोबास रहेको पर्यटकीय हिसाबले सम्भावना बोकेको सानिटार गाउँको चार सय मिटर पक्की गोरेटो बाटो निर्माण गर्न सुरु गरिएको पर्यटन व्यवसायी एवम् टोल विकास समितिका अध्यक्ष झलक तामाङले जानकारी दिए । बाटो निर्माणको लागि गाउँपालिकाले चालू आर्थिक वर्षमा १० लाख रुपैयाँ अनुदान दिएको छ । उक्त बजेटबाट पहिलो फेसमा तीन सय ५५ मिटर बाटो निर्माण हुने तामाङले जानकारी दिए ।
बाटो निर्माणको लागि पालिकाले अनुदान दिएपछि गाउँका युवा एकजुट भएर गोरेटो बाटो निर्माण जुटेको तामाङले बताए । पानी पर्नासाथ गोरेटो बाटो हिलाम्मे बन्दा बालबालिका तथा बुढेसकाल लागेका वृद्धलाई आवतजावत गर्न धेरै कठिन भएकाले गाउँपालिकाले टोलकै समस्या बुझेर बाटो बनाउन बजेट छुट्याएको सानिटारका अर्का पर्यटन व्यवसायी अमृत बहादुर तामाङले बताए ।
निर्माण भइरहेको पक्की गोरेटो बाटोमा सोलिङ गरेर त्यसमाथि सिमेन्ट, बालुवा, गिट्टी फलामलगायतका निर्माण सामग्री प्रयोग गरेर निर्माण भइरहेको छ । गोरेटो बाटोको छेउमा ट्रस्टको रेलिङ राखिएको छ । दर्जनौँ घरको बीचबाट निर्माण सुरु गरिएको उक्त बाटो बनेपछि दुई पाङ्ग्रे साना सवारी मोटर साइकल, साइकल गुडाउन समेत सहज हुनेछ ।
सानिटार गाउँका प्रायः युवाहरु पर्यटन व्यवसायी रहेकोले उनीहरुसँगै गाउँमा विदेशी पर्यटक पनि भित्रिने सम्भावना अत्यधिक रहेकाले गाउँमा गोरेटो बाटो निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष छवि लामाले जानकारी दिए । यस गाउँको अधिकांश युवाको मुख्य पेसा पर्यटन क्षेत्र रहेको छ । गाउँमा व्यवस्थित बाटो बनेपछि धेरै विदेशीलाई गाउँघरमा ल्याउन सक्ने युवाहरुले बताएपछि पक्की गोरेटो बाटो निर्माण गर्न आर्थिक सहयोग गरेको लामाको भनाइ छ । वैतेश्वर गाउँपालिका–२को सानिटार गाउँका ७५ प्रतिशत युवाको पेसा पर्यटक घुमाउने रहेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया